साढे ६ अर्बको विकास ऋणपत्र जारी

काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको तरलतालाई प्रशोचन गर्न साढे ६ अर्ब रुपिया बराबरको विकास ऋणपत्र जारी गरेको छ ।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्रका लागि प्रतिस्पर्धीको लागि ६० प्रतिशत बराबरले हुन आउने तीन सय ९० करोड र अप्रतिस्पर्धीलाई दुई सय ७० करोड रुपिया बराबरको बोलपत्र आह्वान गरिएको हो ।
केन्द्रीय बैंकको सात महिने तथ्यांकअनुसार वाणिज्य बैंकको निक्षेप वृद्धिदर १२ प्रतिशत रहेको छ भने कर्जा तथा लगानीको वृद्धि दर आठ दशमलव चार प्रतिशतमात्र रहेको छ । बैंकसग पर्याप्त तरलता रहेको हुदा प्रिमियममा विकास ऋणपत्र बिक्री हुने अनुमान गरिएको छ । तीन वर्षीय विकास ऋणपत्रका लागि वार्षिक ब्याजदर (कुपन रेट) साढे आठ प्रतिशत तोकिएको छ र अर्धवार्षिक रूपमा ब्याज वितरण गरिने छ ।
गत वर्ष तरलता अभाव हु“दा अन्तरबैंक कर्जा १३ प्रतिशतसम्म पुगेको थियो । हाल अत्यधिक तरलता रहेका कारण अन्तरबैंक कर्जाको ब्याजदर एक प्रतिशतभन्दा मुनि रहेको छ । ऋणको ब्याजदर अत्यधिक रहनु एवं लगानीमैत्री वातावरणको अभाव रहेका कारण बैंकहरूमा ऋणको माग वाणिज्य बैंकहरूले सोचेअनुसार बढेको छैन । ‘तरलता यथेष्ट रहेको समयमा विकास ऋणपत्र आकर्षक लगानीको विकल्प हो । यस ऋणपत्र प्रिमियममा बिक्री हुने सम्भावना बढी छ,’ नबिल बैंकका प्रमुख वित्त अधिकृत भुवन दाहालले भने ।
अत्यधिक जोखिमका कारण नोक्सानी व्यवस्था बढी गर्नुपर्दा बैंकहरू घरजग्गा, सेयरजस्ता विगतमा बैंकका लागि आकर्षक क्षेत्रमा लगानी गर्न खासै उत्सुक देखिएका छैनन् । अधिकांश बैंक दोस्रो त्रैमासिक वित्तीय विवरणमा नोक्सानी व्यवस्थाबापत अत्यधिक रकम छुट्याउनुपर्दा खुद मुनाफा कम भएको एवं घाटामा समेत गएको देखाइएको छ । यस्तो परिस्थितिमा राष्ट्र बैंकको विकास ऋणपत्र आकर्षक लगानीको विकल्प भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।
साधारणतया बजारमा उच्च तरलता भएका बेला राष्ट्र बैंकले कम ब्याजदरमा ऋणपत्र जारी गरेर बजारबाट तरलता प्रशोचन गर्ने गर्दछ । यस ऋणपत्र जारी भएपछि बजारबाट साढे ६ अर्ब रुपिया“ बराबरको तरलता राष्ट्रको ढुकुटीमा जाने भएको छ ।
गत पुस महिनामा पनि राष्ट्र बैंकले तीन सय ५० करोड रुपिया“ बराबरको दुई वर्षीय विकास ऋणपत्र जारी गरेको थियो । आठ प्रतिशत निर्धारित ब्याजदर रहेको सो ऋणपत्रका लागि प्रतिस्पर्धी तर्फ पा“च सय ६३ र अप्रतिस्पर्धीतर्फ १५ जनाले भाग लिएको थिए । अधिकतम कबोल मूल्य एक सय आठ दशमलव ६६ र न्यूनतम कबोल मूल्य एक सय ६ दशमलव ७८ रहेको  ऋणपत्रको भारित औसत एक सय ७ दशमलव ४७ रुपिया“ रहेको छ । यसको अर्थ अप्रतिस्पर्धी बोलकबोलवालाले एक सय रुपिया“को ऋणपत्र एक सय सात रुपिया“ ४७ पैसामा प्राप्त गर्नेछन् ।
नबिलका प्रमुख वित्त अधिकृत दाहालका अनुसार नया“ जारी ऋणपत्र पनि प्रिमियममा बिक्री हुने सम्भावना बढी रहेको हु“दा प्रतिफलदर चारदेखि पा“च  प्रतिशतसम्म मात्र हुने देखिन्छ ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकको ऋण तालिकाअनुसार पा“च अर्ब ५० करोड रुपिया“को दुई वर्षे विकास ऋणपत्र र आठ अर्ब ५० करोड रुपिया“को तीन वर्षे विकास ऋणपत्र जारी हुनेछ । तालिकाअनुसार पुनः असार मसान्तसम्म दुई अर्ब रुपिया“को तीन वर्षे ऋणपत्र र वैशाख÷जेठमा  दुई अर्ब रुपिया“को दुई वर्षे विकास ऋणपत्र जारी गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया