पूर्वराजाको कल्पना उडान

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो गुमेको सत्ता प्राप्त गर्न सक्रिय हुन थालेका छन् । उनका पछिल्ला गतिविधिले यसको पुष्टि गर्दै छ । दुई सय ३८ वर्ष लामो आफ्नो पुख्र्यौली शासन–सत्ता गुमेपछि जनताद्वारा परित्यक्त शाह आफ्ना हिमायतीहरूसग छलफल र विचार विमर्शमा लागेका छन् । बाक्लैसग हुन थालेका छलफल र विचार–विमर्शमा ०४७ सालको संविधान ब्युताउने विषयले प्रमुखता पाउने गरेको खुल्न आएको छ । ०४७ सालको संविधान ब्युताउन सके संवैधानिक राजतन्त्र स्थापना हुने र आफू संवैधानिक राजा भएर बस्न पाउने सोच पूर्वराजाले आफू निकटलाई सुनाउने गरेका छन् ।
स्वदेशमा मात्र नभई छिमेकी मुलुक भारतका नेतासग पनि उनले आफ्नो मनसाय व्यक्त गरेका छन् । नेपालको शासन–सत्ताको आरोह–अवरोह नजिकबाट नियाल्ने र आवश्यक पर्दा आफ्नो हितखातिर प्रत्यक्ष वा परोक्ष दबाब सिर्जना गर्न सक्ने केही भारतीय नेतासगको भेटघाटपछि उनी सक्रिय भएको बुझ्न सकिन्छ । नेपाली राजनीतिमा अघोषित तर निर्णायक भूमिका निर्वाह गर्न सक्ने भारतीयस“ग भेटघाट गरेर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको प्रस्टै छ । समयमा शान्तिप्रक्रिया टुंगिने र नया“ संविधान बन्ने सम्भावना क्षीण हुदै जादा पनि उनी उत्साही भएका हुन् भन्ने बुझ्न गाह्रो छैन ।
नेपालको राजनीति अहिले तरल अवस्थामा छ । संक्रमणकालको फाइदा उठाउन विभिन्न अवाञ्छित तŒव हाबी हुदै गएका छन् । उपलब्धिहरूको संस्थागत विकास भइसकेको छैन । पार्टीका नेताहरूले सहमतिमा पहिले नै टुंग्याउनुपर्ने काम अहिलेसम्म अधकल्चै राखेका छन् । यही मौकाको फाइदा उठाउन पूर्वराजा ज्ञानेन्द्र आफ्नो गुमेको राजसंस्था पुनः स्थापित गर्ने जमर्को गर्दैछन् । तर, उनको यो प्रयास कल्पनाको उडान मात्रै हो किनभने समय बदलिइसकेको छ र समाजको चेतनास्तरले फड्को मारिसकेको छ । नेपालमा राजतन्त्रको सान्दर्भिकता र आवश्यकता सकिएकै हुनाले जनताको आन्दोलनले गणतन्त्र स्थापना गरेको हो । यस कुरालाई नबुझी पूर्वराजाले कुनै सपना पाल्छन् भने त्यो उनकै लागि विध्वंसक हुनेछ । उसै पनि नेपालमा अहिलेको अवस्था सामन्तवादको परिणाम हो भन्ने बुझेका जनताको बाहुल्य छ ।
सामन्तवादको संरक्षक रहेको राजसंस्थाको उपादेयता अस्वीकार गरिनुको कारण पनि त्यही बुझाइको प्रतिफल थियो । त्यसैले ज्ञानेन्द्र शाहले असम्भव प्रयासमा आफ्नो समय खर्चनुको कुनै तुक छैन । हुन त पूर्वराजा ज्ञानेन्द्र इतिहासलाई फेरि वर्तमान बनाउन सकिन्छ भन्ने सोच पाल्नेमध्ये एक हुन् । १९ माघको उनको कदम आफ्ना बुबाले पाच दशकअगाडि गरेको प्रयोगको प्रतिलिपि थियो । समयको गति र समाजको विकास नबुझेर उनले उठाएको कदमका कारण राजसंस्थाले नै बिदा पायो । फेरि उनले अर्को धृष्टता गरे भने कस्तो आधीबेहरी चल्ने हो र त्यसले क–कसलाई उडाउने हो भन्न सकिन्न ।
अहिलेको राजनीतिक अवस्था, दलहरूको अकर्मण्यता र नेताहरूको दिशाहीनताबाट पूर्वराजाले उत्साही हुनुपर्ने कुनै कारण छैन किनभने, संक्रमणको यस अवधिमा गर्दै र सिक्दै जाने हो । उनले कति मात्रै बुझे पर्याप्त हुन्छ भने दलहरूको विकल्प हुन्छ तर राजतन्त्रको विकल्प हुदैन भन्ने कुरा जनतालाई राम्रैस“ग थाहा छ । तसर्थ, जनताले दिएको मानो खाएर चुपचाप बस्नु र विकासशील राजनीतिक र सामाजिक व्यवस्थालाई समर्थन गर्नुबाहेक उनीसग कुनै उपाय छैन ।

प्रतिक्रिया