फासीवादी अभ्यासको विपक्षमा

दुई वर्षभित्र संविधान निर्माण गर्ने म्यान्डेटप्राप्त संविधानसभाले आङ्खनो म्याद तीनपटक थप गरिसकेको छ । अवैधानिक रूपमा म्याद थपपछिको अन्तिम चरणमा शासकीय स्वरूपबारे राष्ट्रपतीय या प्रधानमन्त्रीय पद्धतिजस्ता औचित्यहीन बहस सुरु भएका छन् । अर्कातिर सेना समायोजनको आवरणमा राष्ट्रिय सुरक्षालाई ध्वंस गर्ने चलखेल हुदै छ । बहुराष्ट्रिय सेना स्थापित गरेर नेपालको राष्ट्रिय सुरक्षालाई समाप्त गर्ने सुनियोजित षड्यन्त्र थालिएको छ । दक्षिण एसिया ध्वंस गर्ने बृहत् रणनीतिअन्र्तगत यी सबै कार्य भइरहेका छन् । दरबार हत्याकाण्डबाट सतहमा आएको यो रणनीति अहिले वार कि पारको अवस्थामा पुगेको छ । यसलाई नेपाल, चीन र भारतबीच त्रिपक्षीय रणनीतिक साझेदारीका साथ अन्त्य गर्दै दक्षिण एसियाको बहुआयामिक विकासमा ध्यान केन्द्रित गर्न नसके हामीले नया अफगानिस्तान भोग्नुपर्नेछ ।
यसबाट भारत र चीन पनि सुरक्षित रहने छैनन् । हामी यो संगीन अवस्थामा मरिसकेको संविधानसभालाई प्राण भर्ने कोसिस गरिरहेका छौ । मृत्युको निकास तथाकथित मृत संविधानसभालाई विघटन गरी सम्भव नै छैन । यो अवस्थामा संविधानसभाले निकास दिन्छ भन्ने ठान्नु मूर्खता हुनेछ । यसको जन्म नै फासिवादी अवधारणाअन्तर्गत भएको छ । यो फासिवादी अभ्यासमार्फत वैचारिक नेतृत्वलाई मटियामेट पारेर खुफिया टेन्डेन्सी विचारलाई समाप्त गर्न थालिएको हो । राज्यसताको अभ्यासको प्रयत्नमा माओवादी युद्धको आवरणमा वैचारिक, सामाजिक, राजनीतिक कार्यकर्ताको हत्या वर्ग संघर्ष थिएन । चाहे त्यो मुक्तिनाथ अधिकारीको हत्या होस या माडि नरसंहार र हारजंगमा जिउदै आगो लगाएर गरिएको हत्या होस् या राममणि ज्ञवालीदेखि ऐतिहासिक राजनीतिक दस्तावेज नष्ट गर्न हाम्रा वासस्थानमाथि लगाइएको आगो, बम वर्षा र दरबार हत्याकाण्ड एउटै उद्देश्यका फरक पाटा थिए भन्नेमा अब कुनै भ्रम रहेन ।
नेपाल यतिबेला नराम्रोसग फसेको छ । राज्यसत्ताको केन्द्रमा लोकतन्त्र, जनवाद या विभिन्न शब्दको बहानामा फासीवादीहरूले अन्तिम रिहर्सल गरिरहेका छन् । विश्व साम्राज्यवादले दक्षिण एसियाली केन्द्रका रूपमा नेपाली भूमिको प्रयोग गर्न राष्ट्रवाद र जनवादी क्रान्तिको आकर्षक ऐजेन्डाका साथ घोर दक्षिणपन्थी र उग्रवामपन्थी बृहत् अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्न खोजेको प्रस्ट छ । १७ हजारको हत्यापछि नया जनवादमाथि हमला गर्न साम्राज्यवाद आइपुग्नुबाट नेपाली भूमि केन्द्रको रूपमा अगाडि बढ्दै छ भन्ने प्रस्ट भएको छ । कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न कम्बोडियामा पोलपोटको नेतृत्वमा खमेरुजलाई फुन्सिनपेकमार्फत प्रयोग गरियो । र, आज संसारका साम्राज्यवादीले कम्बोडियाको त्यही घटनासग जोड्दै सिंगो समाजवादी आन्दोलनमाथि दक्षिणपँथीहरूले गोयवल्स शैलीमा प्रपोगण्डा गरिरहेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न दक्षिणपँथी कार्यदिशासहितको अन्त्य र माओवादको आवरणमा नया प्रयोग गरिएको प्रस्टै छ ।
विसं ०३६ मा मेरो हत्या षड्यन्त्रमा भविष्य देख्ने हुन् या ०४७ मा कृष्णप्रसाद भट्टराईको पराजयमा भविष्य देख्नेहरू एकै डयाङ्का मूला हुन् । सिद्धान्त र दिशाविना विचारलाई कब्जा गरेर सुरक्षित ठान्नेले घरवरिपरि आगो लगाएर कोठामा सुरक्षित छु भन्नुजस्तै हो । जुन समयले प्रमाणित गरेको छ । इतिहासमा हामीविरुद्ध कम्युनिस्ट आवरणमा घोर दक्षिणपँथीले प्रयोगमा ल्याएको इन्डो पश्चिमा खुफिया टेन्डेन्सीले थुप्रै नकाम गरिसकेको छ । राजा वीरेन्द्रको वंशनाश गर्न भित्री, बाहिरी र अन्तर्राष्ट्रिय साम्राज्यवादी मोर्चाको बृहत् घेराबन्दी थियो । त्यही खुफिया तत्वको नीतिअन्तर्गत बदनाम गर्न अघोषित कार्यगत एकता भन्दै भ्रम छर्नेहरूको उदांगिएको अनुहार मैले माओवादीका रूपमा देखेको छु । यी सबै देख्न पाउनु सिंगो ६० वर्षे राजनीतिक जीवनमा मेरा लागि सन्तोषको क्षण हो । अब सशक्त वैचारिक धार घोषित या अघोषित रूपमा निर्माण भइसकेको छ । पोलपोटको प्रयोगका हड्डीहरू पनि निचोरिए जस्तै १७ हजार हत्या, राष्ट्रघात र
माले, मसाले, मण्डले टेन्डेन्सीको अपराध निचोर्ने नया“ पुस्ता वैचारिक रूपमा निर्माण भइसकेको छ ।
पछिल्लो चरणमा नेपालको राष्ट्रिय सेनालाई जातिवादी बटालियन या समायोजनको बहानामा ध्वँ“स गरेर दक्षिण कोरिया, अफगानिस्तान, जापानमा जस्तै राष्ट्रसंघ या नेटोको बहुराष्ट्रिय सैन्य अखडा कायम गर्ने कार्य भइरहेको छ । सेनालाई विस्थापन गर्ने बृहत् रणनीतिअन्तर्गत यो कार्य गरिएको स्पष्ट भएको छ । पश्चिमाद्वारा खर्बौंको रकम स्वतन्त्र तिब्बत आन्दोलनका लागि खन्याइएको छ । त्यसलाई नेपालका क्रान्तिकारी हौ भन्नेले नेतृत्व गरेका छन् । चिनिया प्रधानमन्त्रीको नेपाल भ्रमण र चासो इन्डो÷पश्चिमा सञ्जालले रोक्न सकेन । प्रस्ट छ, मैले यसअगाडि पनि इतिहासको कटु र तीतो यथार्थ स्पष्ट पार्दै मुलुकको रक्षाका लागि चिनिया प्रधानमन्त्रीको भ्रमण रोक्न खोजेका थिए ।
अहिले यो खुलस्त पार्नै पर्ने बाध्यता खुफिया टेन्डेन्सीको भ्रम तोड्न मेरो अनिवार्य नियति बन्न पुग्यो । इन्दिरा गान्धी हत्यादेखि नेपालको राजदरबार हत्याकाण्ड पश्चिमाको रणनीतिक प्रयोगमा आएको ‘रअ’ को गलतनीतिकै परिणाम हुन् । प्रधानमन्त्री जियावाओले बेइजिङ र दिल्लीबीच सिधा कुरा हुन्छ, तपाईंहरू आङ्खनो स्वार्थ हेर्नुहोस् भने । उनको भनाइभित्र धेरै कुरा लुकेको छ । दरबारहत्याकाण्डकै निमित्त पश्चिमा ग्राइन्ड डिजाइनमा प्रजातन्त्र पुनःस्थापनाको पाच वर्ष नपुग्दै ०४६ को राजनीतिक परिवर्तनसग असन्तुष्ट घोर दक्षिणपन्थीलाई क्रान्तिको जामा पहिर्‍याएर तथाकथित क्रान्तिको रेखा कोरिएको चीनले बुझेको छ । यसकारण फासीवादविरुद्ध सच्चा देशभक्त, प्रजातन्त्रवादी, वामपन्थी शक्ति एक हुनुपर्छ । यसका लागि मृत संविधानसभाको विघटन अपरिहार्य आवश्यकता हो ।

प्रतिक्रिया