आन्दोलनको बिरोधमा स्थानीयले फोडे ताला

हेटौंडा,१४ चैत । मकवानपुरमा सञ्चालित कुलेखानी तेस्रो आयोजनाको कार्यालयमा कर्मचारीले लगाएको ताला स्थानीयबासीले आज फुटालेर फालिदिएका छन् ।

सामूहिक सरुवाको बिरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीको बिरोध पछि आक्रोशित स्थानीयले कर्मचारीले आयोजनाको कार्यालयमा लगाएको ताला फोडेर फालिदिएका हुन् ।

कुलेखानी तेस्रो आयोजनाको काम कर्मचारीले ठप्प बनाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका थिए । तालाखोल्न पटक पटक आग्रह गर्दा समेत नमानेपछि स्थानीय स्तरमा गठित कुलेखानी तेश्रो आयोजना पीडित संघर्ष समितिले ताला फोडिदिएको हो ।

ताला फोड्न समितिका संयोजक अनन्त तामाङको नेतृत्वको एक टोली आयोजनाको कार्यालय पुगेको थियो ।

गत ७ र ८ गते आयोजनाका ५९ जना स्थाई कर्मचारीको समूहिक सरुवा आएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । पाँच दिनदेखि जारी कर्मचारी आन्दोलनले १४ मेगावाट बिद्युत आयोजनाको काम प्रभावित भएको थियो ।

प्रतिक्रिया