मोदी ‘ए’ बनाउन सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, १४ चैत्र । नेपाल विद्युत प्राधिकरण र दक्षिण कोरियाको कोरिया वाटर रिसोर्स कर्पोरेसन (के वाटर)बीच मंगलबार माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनाबारे संयुक्त विकास सहमति पत्रमा हस्ताक्षर भएको छ ।

उर्जा राज्यमन्त्री सूर्यमान दोङ र उर्जा सचिव हरिराम कोइरालाको उपस्थितीमा प्राधिकरणका कार्यकारी निर्देशक टीकाराम विसी र के. वाटरका उपाध्यक्ष व्याङ हुन युनेबीच सहमति भएको हो ।

सहमति अनुसार अबको एक बर्षभित्र आर्थिक सहमति, नया स्पेशल पर्पस कम्पनी निर्माणलगायतका काम अघि बढाइनेछ । एक बर्षभित्र संयुक्त विकास सम्झौता सकेपछि निर्माण कार्य अगाडी बढाइने प्राधिकरणले जनाएको छ ।

सन् २००० मा प्राधिकरणले सम्भाव्यता अध्ययन गरेको आयोजनाको संयुक्त विकास गर्न प्राधिकरण र के. वाटरबीच सन् २०११ को जुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ४७ मेघावाटको उक्त आयोजना एक सय मिलियन डलरको लागतमा बन्न लागेको हो । चार बर्षभित्र आयोजना बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया