व्यवसायमा दीर्घकालीन सोच हुनुपर्छ

निकोलस पाण्डे करिब ६ वर्षअघि व्यावसायिक माहोलमा प्रवेश गरे । व्यावसायिक घरानामा जन्मे हुर्केका भए पनि उनी अरूभन्दा फरक विचार र सोचबाट व्यावसायिक विकासमा लागेका छन् । २०३६ सालमा जन्मिएका उनले डेनमार्कबाट एमबिए गरेका हुन् । आत्मविश्वास, लगनशीलता र मिहिनेत नै व्यावसायिक सफताको सूत्र मान्ने उनी कालिका ग्रुपको कार्यकारी निर्देशक हुन् ।
हरेक व्यवसाय नया योजनाका साथ गर्न रुचाउने उनी छोटो समयमै सफल युवा उद्यमीका रूपमा स्थापित भइसकेका छन् । उनका लागि पारिवारिक वातावरण परम्परामात्रै हो । तर, आफ्नो परिश्रमलाई नै उनी आजको उचाइ प्राप्त गर्ने साधनका रूपमा हेर्छन् । ६ वर्षको व्यावसायिक अनुभव सगालिसकेका पाण्डे निम्नवर्गलाई लक्षित उद्योग व्यवसायको आधारभूमि देख्छन् । हरेक मानिसले फरक–फरक व्यवसाय गरेका छन्, तर सफलता भने कमैले पाउने गरेको उनको बुझाइ छ । दीर्घकालीन सोच र सामूहिक भावना भएमात्र हरेक काम सफल हुन्छ भन्ने उनको तर्क छ ।
अध्ययनकै क्रममा व्यवसायमा हात हालेका र क्रमशः सफतालाई पछ्याउदै अघिबढेका पाण्डे छोटो समयमै नाफा कामउने सोचका विपक्षी हुन् । हरेक काम योजनाबद्ध ढङ्गले गर्नुपर्ने र नाफा चाहि विस्तारै लि द गएमा मात्र त्यसले दीर्घकालीन प्रभाव पार्ने उनको बुझाइ छ । यही विश्वास, लगनशीलता र सामूहिक भावनाले गर्दा उनीआबद्ध ग्रुपमध्येको कालिका कन्स्ट्रक्सन मुलुककै पहिलो स्थानमा रहन सफल रहेको उनी बताउ छन् । अध्ययन र व्यवसायलाई एकैसाथ अगाडि बढाउन सहज नभए पनि आत्मविश्वास र योजनाबद्धताले नै सफलताको शिखर चुम्न सकिने उनी बताउ छन् । ‘सफल व्यवसायका लागि अध्ययनसगसगै दूरगामी भिजन, नेतृत्वदायी भूमिका र लगनशीलता महत्वपूर्ण छ,’ उनी बताउ छन् । सानो उमेरमै व्यावसायिक हिसाबले ठूलो जिम्मेवारी सम्हाल्न त्यति सहज छैन । तर, पारिवारिक वातावरणले नै व्यावहारिक बनाएको र त्यसैले नै अहिलेसम्म कमजोर हुनु नपरेको उनको अनुभव छ । ‘कडा सङ्घर्ष गरे हरेक योजना सफल हुन्छ,’ उनी थप्छन्, ‘कम्पनीको कार्यकारी निर्देशक भएपछि जिम्मेवारी र चुनौती थपिदै गयो, तर, त्यसलाई मैले अवसरका रूपमा लिए,’ उनी भन्छन् । ‘मेरो लगानशीलता र आत्मविश्वसले नै आजसम्म असफल हुनुपरेको छैन ।’
कालिका ग्रुपअन्तर्गत अहिले कालिका कन्स्ट्रक्सन, कालिका रेडियोलगायत सञ्चालनमा छन् । कालिका कन्स्ट्रक्सन भने मुलुकभित्र र बाहिरसमेत सफल कम्पनीका रूपमा स्थापित छ । १९७९ मा स्थापना भएको यो कम्पनी अहिले नेपालबाहेक भुटान, अमेरिकालगायतका मुलुकमा निर्माणको काम गरिरहेको छ । गत वर्ष मुलुककै उत्कृष्ट कन्स्ट्रक्सनका रूपमा पुरस्कृत कालिकाले अहिले विदेशीमुलुक– भुटान र अमेरिकामा सडक निर्माणको जिम्मा पाएको छ । जबकि नेपालका सडक निर्माणका लागि विदेशी कम्पनीहरू नेपाल आइरहेका छन् ।
नेपालभित्रै पनि ठूला निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सन यहासम्म आइपुग्नुमा उनको महत्व पनि ठूलो हिस्सा र भूमिका रहेको बताउ छन् । सिक्टा सिचाइ, मेलम्ची खानेपानी योजनालगायतका निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले वार्षिक एक हजारजना भन्दा बढीलाई रोजगारी दि“दै आएको छ । देशकै नमुना कम्पनीका रूपमा यसरी छवि निर्माण गरिसकेको कालिका कन्स्ट्रक्सन राज्यलाई सबैभन्दा बढी राजस्व बुझाउने कम्पनी भएको उनको भनाइ छ । निम्नवर्गीय मानिसलाई रोजगारी प्रदान गर्दै गुणस्तरीय कामद्वारा चर्चामा आएको सो कम्पनीले अहिलेसम्म एक हजारभन्दा बढी निर्माणका कामहरू गरिसकेको छ ।
यी शिक्षित युवा व्यवसायी व्यावसायिक वातावरणका लागि राजनीतिक स्थिरता अनिवार्य रहेको बताउ“छन् । स्थायी सरकार र औद्योगिक सुरक्षा भएमा आफूजस्ता थुप्रै युवा व्यवसायमा लाग्नसक्ने उनको धारणा छ । बर्सेनि हजारारौं नेपाली युवा मुलुकभित्र रोजगारीका अवसर नपाएर बिदेसिनु परेको देख्दा उनलाई पीडा ह“ुदोरहेछ । ठूलो श्रमशक्ति बिदेसिनुमा सरकारको कमजोरी ठान्दछन् उनी । औद्योगिक विकास नै आर्थिक समुन्नतिको आधार रहेको उनको तर्क छ ।
प्रस्तुति किरण ढकाल

प्रतिक्रिया