गोरखा ब्वाइज सेमिफाइनलमा


भोजपुर, १३ चैत । अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार गोरखा ब्वाइज स्पोर्ट्स क्लब रूपन्देही सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । मोरङको सम्राट स्पोर्टिङ क्लबलाई ७-० को भारी अन्तरले पराजित गर्दै रूपन्देहीले सेमिफाइनलमा एन्फा एकेडेमीसँगको भेट पक्का गरेको हो । गोरखा ब्वाइजले भोजपुर गोल्डकपकै फराकिलो जित आत्मसात गरेको हो ।
गोरखा ब्वाइजलाई जिताउने क्रममा टिम क्याप्टन तथा राष्ट्रिय स्ट्राइकर सुरेन्द्र तामाङ नायक सावित भए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका सुरेन्द्रकै प्रेरणामा गोरखा ब्वाइजले सम्राट स्पोर्टिङलाई ७-० गोलको भारी अन्तरले हराउन सफल भएको हो । सुरेन्द्रले व्यक्तिगत २ गोल गरे भने थप ३ गोल उनले मिलाइदिएको पासमा भएको थियो ।
गोरखा ब्वाइजलाई जिततर्फ लैजाने क्रममा खेल सुरु भएको ५औं मिनेटमा गोरखा ब्वाइजका जगन्नाथ खड्काले गोलको खाता खोलेका थिए । सम्राट स्पोर्टिङले खेलमा र्फकने प्रयास गरिरहँदा गोरखा ब्व्ााइजका सौरभ मगरले खेलको २७औं मिनेटमा मैदानको बीचबाट प|mी-किकमार्फत उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफ २-० को अन्तरमा टुंगिएपछि दोस्रो हाफमा गोरखा ब्वाइज पूरै हाबी भएको थियो । दोस्रो हाफमा सम्राट स्पोर्टिङका गोलरक्षक कमल खवास झन् व्यस्त भएका थिए । दोस्रो हाफको १०औं मिनेटमा गोरखा ब्वाइजका कृष्ण लामाले हेडबाट उत्कृष्ट गोल गरे । त्यसको ४ मिनेट नबित्दै एक्लो प्रयासमा सुरेन्द्र तामाङले विपक्षी रक्षकलाई छलाउँदै सुन्दर गोल गरे । ४-० ले पछि परेपछि नियन्त्रण गुमाएको सम्राटका खेलाडीलाई निरीह सावित गर्दै दोस्रो हाफको २३औं मिनेटमा तामाङले दिएको पासलाई राज पौडेलले गोलमा परिणत गरे ।
कप्तान सुरेन्द्रसँगै मैदानमा छाएको गोरखा ब्वाइजको गोलको वषर्ा त्यसपछि पनि रोकिएन । दोस्रो हाफको ३५औं मिनेटमा रविन थापाले टिमलाई ६-० को अवस्थामा पुर्‍याए । त्यसको २ मिनेट नबित्दै फेरि तामाङले गोल गर्दै खेलमा ७-० को जित सुनिश्चित गरे । सोमबारको खेलका म्यान अफ द म्याच सुरेन्द्र तामाङ भए । मंगलबार पहिलो सेमिफाइनलमा धनकुटा फुटबल क्लब र युनाइटेड खर्साङ फुटबल क्लब भिड्ने छन् ।

प्रतिक्रिया