मर्जरमा जान विकास बैंक र वित्त कम्पनी बढी उत्सुक

काठमाडौ, १३ चैत । केन्द्रीय बैंकले मुलुकमा बैंक तथा वित्तीय संस्था चाहिनेभन्दा धेरै भएको भन्दै मर्जमा जान प्रोत्साहित गरेपछि विकास बैंक र वित्त कम्पनी बढी उत्सुक देखिएका छन् । चालु आर्थिक वर्षमा मर्जरका लागि सैद्धान्तिक सहमति पाएका सात कम्पनीमध्ये अधिकांश वित्त कम्पनी र विकास बैंक रहेका छन् ।
सात जोडी बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल बैंक र माछापुच्छ«े बैंकमात्र मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गर्ने वाणिज्य बैंक हुन् । चालु आवको चैत दोस्रो सातासम्म अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स, पशुपति डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स, काष्ठमण्डप डेभलपमेन्ट बैंक र शिखर फाइनान्स, भिबोर विकास बैंक र भाजुरत्न फाइनान्स, ग्लोबल बैंक र आइएमई फाइनान्सियल इन्स्टिच्युसन, माछापुच्छ«े बैंक र स्ट्यान्डर्ड फाइनान्स तथा बिजनेस डेभलपमेन्ट बैंक, युनिभर्सल फाइनान्सलाई राष्ट्र बैंकले मर्जरमा जानको लागि सैद्धान्तिक सहमति प्रदान गरेको थियो । सैद्धान्तिक सहमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले सहमति प्राप्त गरेको ६ महिनाभित्र साधारणसभाद्वारा ड्यु–डेलिजेन्स रिपोर्ट पारित गराई मर्जरको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।
चालु आवमा मर्जरको सैद्धान्तिक सहमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थामध्ये बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स मर्ज भई बिजनेस युनिभर्सल विकास बैंकका रूपमा कारोबार गरिसकेका छन् । काष्ठमण्डप डेभलपमेन्ट बैंकमा शिखर फाइनान्स गाभिएर काष्ठमण्डप डेभलपमेन्ट बैंककै नाममा कारोबार गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरिसकेको छ । शिखर फाइनान्सको थापाथलीस्थित केन्द्रीय कार्यालय काष्ठमण्डप डेभलपमेन्ट बैंकको १९आ“ै शाखा कार्यालयका रूपमा कारोबार गर्ने बैंकले जनाएको छ ।
गाभिएपछिको काष्ठमण्डप डेभलपमेन्ट बैंकका अध्यक्ष जगन्नाथ ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा श्रवणकुमार राजभण्डारी नै रहने बताइएको छ । नेपालको बैंकिङ इतिहासमा लक्ष्मी बैंक र हाइसेफ फाइनान्सबीच भएको मर्र्ज पहिलोपटक भएको मर्जरको इतिहास हो । एकै समूहद्वारा प्रवद्र्धन गरिएका यी दुवै संस्थाको प्रवद्र्धक खेतान समूह थियो । दुई फरक समू्हद्वारा प्रवद्र्धित संस्था नारायणी फाइनान्स र नेसनल फाइनान्सबीच मर्ज भएर नारायणी नेसनल फाइनान्सका रूपमा करिब तीन वर्ष अगाडिदेखि कारोबार सुरु भएको छ । त्यस्तै हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स मर्ज भएर राष्ट्रियस्तरको एच एन्ड बी डेभलपमेन्ट बैंकका रूपमा कारोबार गरिरहेको छ ।
मुलुकमा बैंक तथा वित्तीय संस्था सहरी क्षेत्र केन्द्रित भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहित गरिरहेको छ । हाल मुलुकमा ३२ वाणिज्य बैंक, ८९ विकास बैंक र ७९ वित्त कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सात जोडी संस्थाले चालु आवमा मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरिसकेका र अझै ६ जोडी संस्था केन्द्रीय बैंकमा मर्जरको अनुमतिको पर्खाइमा रहेको बताए । ‘हालको वित्तीय संस्थालाई आधामा झार्ने राष्ट्र बैंकको नीति हो,’ प्रवक्ता ज्ञवालीले भने ।
विकास बैंक र वित्त कम्पनीले धमाधम मर्जरमा जानका लागि राष्ट्र बैंकमा निवेदन दिए पनि वाणिज्य बैंकहरूले भने मर्जरमा जान खासै चासो देखाएका छैनन् । सैद्धान्तिक सहमति पाएका १४ बैंक तथा वित्तीय संस्थामध्ये दुईवटा मात्र वाणिज्य बैंक रहेका छन् । दुई वाणिज्य बैंकमध्ये ग्लोबल बैंक र आइएमई फाइनान्सियल एकै समूहले प्रवद्र्धन गरेको वित्तीय संस्था हु“दामात्र मर्जरमा जान बाध्य भएको हो । माछापुच्छ«े बैंकको पनि एभ्को इन्टनरनेसलस“ग सम्बद्ध ऋणका कारण खराब कर्जा बढेपछि गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित स्ट्यान्डर्ड फाइनान्सस“ग मर्जरका लागि प्रक्रिया अगाडि बढेको हो । स्ट्यान्डर्ड फाइनान्सले दुई अर्ब चुक्ता पु“जी पु¥याएर वाणिज्य बैंकका लागि राष्ट्र बैंकमा अनुमति मागे पनि राष्ट्र बैंकले एकैपटक दुई तहमा स्तरोन्नति नगर्ने नीति लिएपछि माछापुच्छ«ेस“ग मर्जरमा जाने सहमति गरेको फाइनान्सका एक अधिकारीले बताए ।
कुमारी बैंक र एभरेस्ट बैंकबीच मर्जर हुने प्रक्रिया अगाडि बढे पनि कर्मचारी व्यवस्थापनमा कुरा नमिल्दा प्रक्रिया बीचैमा टुङ्गिएको थियो । खेतान समूह प्रवद्र्धक रहेको लक्ष्मी बैंक भने अन्य बैंक तथा वित्तीय संस्था खरिद गर्ने पक्षमा रहेको छ । खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानले अन्य वित्तीय संस्था खरिद गर्ने विचार सार्वजनिक गरे पनि हाल विद्यमान कानुनमा वित्तीय संस्था खरिद गर्ने प्रावधान छैन । प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी मस्यौदामा संस्था एक्विजिसन गर्ने प्रावधान पनि समेटिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन कार्यान्वयनमा आएर मर्जरको लागि सरकारले केही थप सुविधाहरू घोषणा गरे वाणिज्य बैंकहरू पनि मर्जरका लागि उत्साहित हुनसक्ने एक बैंकरले बताए ।

प्रतिक्रिया