शाहका चित्रबारे अन्तर्क्रिया

काठमाडौं : नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएका कलाकार कृष्णप्रकाश शाहका चित्रकलाबारे सोमबार राजधानीमा समीक्षात्मक अन्तर्त्रिmया कार्यक्रम आयोजना गरियो । विभिन्न कलाकार एवं पत्रकारका बीच गरिएको अन्तर्त्रिmयामा कलाकार शाहले आफूले मान्छेको नेचरसँग मिल्दोजुल्दो चित्र बनाउने प्रयास गर्दै आएको बताए ।  उनले भने, ‘म चित्र आनन्दका लागि बनाउँछु, त्यो आनन्द अरूलाई पनि बाँडौं भनेर प्रदर्शनी गर्ने हो । शब्दहरूबाट नसकिने ठाउँमा कलरहरूबाट आनन्द बाँड्न सकिन्छ । काउन्सिलको भित्तामा शाहका ‘मेरो चित्र अन्तर्भावना र अनुभूतिका प्रस्तुतिहरू’ शीर्षकअन्तर्गतका ५० वटा चित्र विभिन्न भाव बोकेर प्रदर्शित भइरहेका देखिन्थे  ।
उनले थपे, ‘जसरी म्युजिकमा तरंग पैदा हुँदा संगीतको सुरमा आनन्दको महसुस हुन्छ, त्यसरी नै प्रत्येक चित्रका कलरले पनि तरंग पैदा गरी आनन्दित बनाउँछ ।’
अन्तर्क्रियामा सहभागी अन्य व्यक्तित्वले शाहका चित्रमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया