अध्यक्ष खनालको शल्यक्रिया

काठमाडौं, १३ चैत । अस्वस्थ्य रहनुभएका एमाले अध्यक्ष झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शल्यक्रिया भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा अध्यक्ष खनालको पोस्टेड ग्लाण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको एमाले प्रचार बिभागका सचिव सूर्य थापाले जनाएका छन् ।

शल्यक्रियाका लागि खनाललाई हिजो अस्पताल भर्ना गरिएको थियो । खनालको एपोलो अस्पतालमा तीन दिनसम्म आराम गर्ने थापाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया