समस्याको जरो माओवादीमा

दाङ, १३ चैत ।  एमाले सचिव युवराज ज्ञवालीले समयमा संविधान निमार्ण प्रक्रियामा समस्याको जरो माओवादी भएको आरोप लगाएका छन् । वर्तमान अवस्थामा देश प्रसव पिडामा रहेको बताउदै ज्ञवालीले देशमा यस्तो अवस्था सिर्जना हुनुमा माओवादी पार्टी प्रमुख रुपमा जिम्मेवार भएको वताए ।
प्रेस चौतारी दाङ शाखाले आज तुल्सीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै सचिव ज्ञवालीले यस्तो बताएका हुन् । “संविधान निमार्णको संघर्ष चार बर्ष देखि चलिरहेको छ ।” उनले भने -“अव यो मितिलाई लम्विन दिनु हुदैन ।” सबै पार्टीले दलगत स्वार्थलाई विर्सेर संविधान जेठ १४ सम्ममा संविधान जारी गर्नुपर्ने उनको धारणा थियो । “राज्यको शासकीय स्वरुप र  निर्वाचन प्रणाली जस्ता विवादित विषय समयमा नै टुङो लगाउनुपर्ने वताउंदै सचिव ज्ञवालीले संविधान निमार्णको लागि सेना समायोजन र शान्ति प्रक्रिया टुङ्ग्याएउनु पर्ने उनको दावी थियो
शान्ति र संविधान निमार्णमा सहयोग गर्न एमालेले अहिले देश व्यापी रुपमा आमसभा  गरिरहेको जानकारी दिदै ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार निमार्णको लागि वर्तमान प्रधानमन्त्रीले राजिनामा दिनुको विकल्प नरहेको जिकिर गरे ।
नेकपा एमाले मानपुर गाउा कमिटीको आज हुन लागेको गाउा अधिवेशनको उत्दघाटन गर्न दाङ आइपुगरेका नेता ज्ञवालीले संविधान निमार्णको सांचो माओवादीको हातमा रहेको बताए समेत बताए ।

प्रतिक्रिया