फिस्टेलको हेलिकप्टर दुर्घटना

काठमाडौं, ११ चैत । फिस्टेल एयरको हेलिकप्टर आज बाग्लुङ जिल्लामा पर्ने ढोरपाटन बन्यजन्तु आरक्षण क्षेत्रमा दुर्घटनामा परेको छ ।

बिरामी लिन पुगेको फिस्टेलको हेलिकप्टर अबतरणका क्रममा पुच्छरमा सामान्य क्षति पुगेको फिस्टेल एयरको कार्यालयले तीनकुनेले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । हेलिकप्टर पाईलट आशिष शेरचनले उडाएका थिए । शेरचनलाई कुनैपनि चोटपटक लागेको छैन ।

दुर्घटनामा परेको हेलिकप्टरको उद्धारका लागि अर्को टोली ढोरापटन क्षेत्र पठाईएको कार्यालयले जनाएको छ । हेलिकप्टरको पंखामा समस्या आएको छ ।

प्रतिक्रिया