संविधानसभाको म्याद थपहुँदैनः प्रधानमन्त्री

काठमाडौं, ११ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको म्याद नथपिने बताएका छन् ।

संविधानसभामा रहेका र नरहेका साना दलहरुसँग आज सिंहदरबारमा भएको छलफलमा भट्टराईले शान्ति प्रक्रिया टुङगाएर जेठ १४ गते भित्रै संविधान जारी गर्ने पक्षमा सबै लागेकाले संविधानसभाको म्याद थप्न आवस्यक नरहेको बताए । उनले तोकिएकै समयमा शान्ति र संविधान निमार्णको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘संविधानसभाको म्याद अब थपिदैन ।’

प्रधानमन्त्री भट्टराईलाई उदृत गर्दै उनका प्रेस सल्लाहाकार रामरिझन यादवले शान्ति प्रक्रिया र संविधान निमार्ण टुङ्ग्याउन सरकार र प्रमुख दलहरु लागिरहेको बताए ।

बैठकमा साना दलहरुले प्रधानमन्त्री भट्टराईलाई संविधान सभाको म्याद नथप्न सुझाव दिएका थिए ।

नेकपा (संयुक्तका) नेता लोकनारायण सुबेदीले शान्ति प्रक्रिया र संविधान निमार्णका बिषयमा प्रमुख तीन दल अन्यौलता तर्फ गएको आरोप लगाए ।

सानादलहरुले प्रधानमन्त्री भट्टराईलाई सरकारले राष्ट्रियताका सवालमा ध्यान नदिएको, विभिन्न नदीनाला बचेको लगायतका आरोप सहितको ज्ञापन पत्र समेत बुझाएका थिए ।

प्रतिक्रिया