
काठमाडौं । मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौंका लागि पैदल यात्रामा निस्किएका पीडितहरूलाई भेट्न र उनीहरूका माग सम्बोधन गर्न गृहमन्त्री सुदन गुरुङ बाराको निजगढ पुगेका छन् ।
जनकपुरबाट सुरु भएको पैदल मार्चको छैठौँ दिनमा सरकारका तर्फबाट वार्ताको नेतृत्व गर्दै गृहमन्त्री गुरुङ आज आफैँ निजगढ पुगेका हुन् । निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्री र आन्दोलनरत मिटरब्याज पीडितहरूबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
पीडितहरूले अघि सारेका ६ बुँदे मागका विषयमा केन्द्रित रहेर दुई पक्षबीच सकारात्मक छलफल भएको पैदल यात्रीहरूले बताएका छन् । पहिलो चरणको छलफल सकिएसँगै दोस्रो चरणको निर्णायक वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै अहिले आ(आफ्नो आन्तरिक गृहकार्यमा जुटेका छन् ।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूले उठाएका मागहरूका सम्बन्धमा सरकार संवेदनशील रहेको र यसबारे प्रधानमन्त्रीसँग तत्काल आवश्यक सल्लाह गरी उचित निकास निकाल्ने आश्वासन दिएका छन् । पीडितहरूले भने आफ्ना माग पूरा नभएसम्म काठमाडौंतर्फको यात्रा नरोक्ने अडान राख्दै आएका छन् ।–तस्विर नेपाल फोटो लाइब्रेरी






प्रतिक्रिया