१० लाख नेपाली नक्कली नोट बरामद

झापा, ११ चैत । झापा जिल्लाको धुलाबारीमा सशस्त्र प्रहरीको गस्ति टोलीले ठूलो परिणाममा नेपाली नक्कली नोटसहित २ जना कारोबारीलाई पक्राउ गरेको छ ।

राजस्व गस्ती टोलीले एक हजार दरका १० लाख ६० हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा शान्तिनगरका धनबहादुर लिम्बु र भोजपुर भौसीपाडाका धनकुमार राई रहेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो ।

राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज थापाले नेपालमा मेसीन सहित नोट छाप्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए ।

प्रतिक्रिया