कस्तुरीको कमाल

 बलिउड अभिनेत्री पि्रयङ्का चोपडाबाट प्रेरित भई मोडलिङमा पाइला बढाएकी रहिछन् कस्तुरी खरेलले । अब यही क्षेत्रमा स्थापित हुने सङ्कल्प गरेकी छन् । ठूलोखर्क-७ गुल्मी स्थायी घर भएकी खरेलसँग अहिलेसम्म प्लस २ उत्तीर्ण गरेको शैक्षिक योग्यता छ । फुर्सदको समय साथीसँग रमाइलो गर्न असाध्यै मन पराउँछिन् । पत्रपत्रिका र इन्टरनेटको संसारमा हराउनु उनको थप रुचि हो । ‘स्पोर्ट्स पनि साह्रै मन पर्छ, खेलमैदानमा साथीभाइसँग उत्रिन पाउँदा हुरुक्कै हुन्छु,’ उनी सुनाउँछिन्, सानैदेखि मोडलिङप्रति आकषिर्त भएकी उनीभित्र अब यसैमा लागेर करियर बनाउन सकिने विश्वास झाँगिएको छ । मोडलिङलाई नजिकबाट नियाल्ने कतिपयले यसमा थुप्रैखाले शोषण हुने बताउँछन् । तर, उनी ठाडै अस्वीकार गर्छिन् । भन्छिन्, ‘मोडलिङमा मात्रै किन ? कमजोर भइयो भने जहाँ पनि शोषण त भइहाल्छ नि !’
नारीको सौन्दर्य उसको शरीरबाट झल्किन्छ भन्ने मान्यतामा विश्वास राख्छिन् यी नारी । त्यसैले आकर्षक शरीर बनाएर राम्री देखिने रहर उनमा छ । ‘टु-पिसमा कमालकी देखिन्छु,’ हल्का लजाइन् उनी । सेक्सबारे कुरा गर्न सङ्कोच मान्दिनन् । ‘संसारमा यत्रो परिवर्तन भइसक्यो, अझै सेक्सबारे कुरा गर्न हिच्किचाएर हुन्छ ?’ उनको प्रश्न छ । ‘सेक्स प्राकृतिक नियम हो, मानवीय आवश्यकता   हो । यसबारे बोल्न किन लजाउनु ?’ उनी प्रतिप्रश्न गर्छिन् । मोडलिङमा जम्न सङ्घर्ष गरिरहेकी खरेल गीतकारका रूपमा चिनिने प्रयास पनि गर्दै छिन् । फुर्सदमा गीत लेख्ने उनी गीतलाई ‘भावनाको कलात्मक अभिव्यक्ति’ ठान्छिन् । उनी मोडलिङमा सफल हुन्छिन् कि गीतमा, त्यो हेर्न उनका जीवनका आगामी पाइला नियाल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया