पढाइसँगै मोडलिङ

मोडलिङमा जम्ने कोसिस गरिरहेका विपिन गौतमले पढाइ र व्यवसायलाई सँगसँगै लगिरहेका छन् । गायक हिमाल सागरकोजाँदै छु म तिमीलाई छोडेर गीतको म्युजिक भिडियोमा अभिनय गरेर मोडलिङ क्षेत्रमा प्रवेश गरेका २४ वषर्य गौतम एमए दोस्रो वर्षमा अध्ययनरत छन् । मोडलिङ क्षेत्रमा जम्न अध्ययनलाई अपरिहार्य मान्छन्, उनी । भन्छन्, ‘अध्ययन गर्नेको सान र मान बेग्लै हुन्छ । त्यसैले मोडलिङसँगै अध्ययन अघि बढाउने सोच बनाएको छु ।’
सानैदेखि मोडलिङप्रति लगाव रहेको बताउने गौतमले व्यापार गर्ने सोच पनि बनाएका रहेछन् । मोडलिङबाट जीविका नचल्ने देखेपछि उनी यस्तो निर्णयमा पुगेका त होइनन् ? भन्छन्, ‘होइन, मोडलिङमा पनि भविष्य छ । तर, व्यापार मेरो सानैदेखिको सोख हो ।’ उनको सोख यत्तिमै सीमित छैन । फुर्सदका बेला साथीभाइसँग घुम्न मन पराउने उनी गायनमा पनि रुचि राख्छन् । ‘फिल्ममा अभिनयको ‘अफर’ आए यसलाई सहर्ष स्विकार्छु,’ उनले सपना देखेका छन् ।
गौतमले हालसालै तीन/चारवटा म्युजिक भिडियोका ‘अफर’लाई पढाइका कारण अस्वीकार गरे । तर, अवसर ‘मिस’ भएकामा उनलाई कुनै पछुतो पनि छैन । ‘किनकि, पढाइलाई चट्टै माया मारेर मोडलिङमा जम्ने रहर मेरो होइन,’ झापा बनियानी-४ का स्थायी बासिन्दा उनले प्रस्ट्याए ।

प्रतिक्रिया