वीर प्रकरणमा आत्मालोचना

काठमाडौं, १० चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले वीर अस्पतालमा भएको पदीय मर्यादा विपरतका कार्य गर्ने राज्यमन्त्री र वीर अस्पतालका कर्मचारीलाई आत्मालोचना गर्न निर्देशन दिएका छन् ।

मदिरा सेवन गरी वीर अस्पतालका कर्मचारी र संञ्चारकर्मीहरुलाई दुव्र्यवहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोज यादव र अस्पतालका कर्मचारीहरु दुवैसँग आज सिंहदरबारमा गरेको छलफल पछि प्रधानमन्त्री भट्टराईले घटनावारे आत्मालोचना गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राज्यमन्त्रीको कमजोरिसंगै अस्पतालका कर्मचारीहरुको पनि लापरवाही  गरेको भेटिन गएको भन्दै भट्टराईले दुबैलाई आत्मालोचना गर्न भनेका हुन् ।

प्रधानमन्त्रीले कर्मचारीहरुलाई घटनालाई अनावश्यकरुपमा विवादित नवनाउन निर्देशन दिएका छन् । दुवैपक्षले घटनाको समिक्षा गरेर आत्मलोचित हुँदै समस्याको सामाधान गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया