प्रतिवेदनमा राजनीतिक सहमति जुटाउछौं

काठमाडौं, १० चैत । एकीकृत माओवादीका अध्यक्ष तथा बिवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहालले राजनीतिक छलफल गरेर सहमति जुटाएपछि राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदन संविधानसभामा पेश गर्ने बताएका छन् ।

लामो समय पछि सिंहदरबामा आज बसेको संवैधानिक समितिको बैठकमा अध्यक्ष दाहालले आयोगको प्रतिवेदनमा छलफल भएपछि समिति समक्ष ल्याउने प्रक्रिया अघि बढेको बताए ।

उनले शान्ति प्रक्रिया अन्तर्गत शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजनको विषयमा पनि महत्वपूर्ण प्रगति भएको जानकारी गराएको समितिका सचिव टेकप्रसाद ढुङगानाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष दाहालले आजै बिहान बसेको विवाद समाधान उपसमितिमा समग्रतामा सबै विषयमाथि सहमति कायम गर्न अझै केही समय प्रयास गर्न निष्कर्ष निकालेको बताए ।

बैठकमा समिति सभापति नीलाम्वर आर्चायले पनि टुंगो लाग्न बाँकी संविधानका सबै विषयमाथि सहमति कायम गर्न अझै केही समय प्रयास गर्न उपयुक्त हुने बताए ।

समितिले छलफलका लागि भन्दै उपसमितिलाई समय दिने निर्णय गरेको छ । समितिको अर्को बैठक चैत्र १६ गते बिहीबार बिहान साढे ८ बस्ने छ ।

प्रतिक्रिया