स्पष्टीकरण

‘कही नभएको जात्रा हाडीगाउमा’ भन्छन् । हाडीगाउ काठमाडौमा छ, र सिङ्गै देश सिंहदरबारमा छ । सिंहदरबार मन्त्रीहरूको मुठ्ठीमा छ । अतः हाडीगाउले जात्रा सिंहदरबारमा हुनु स्वाभाविकै हो । बेलाबेलामा यस्ता जात्राहरूको आयोजना गरेर सरकारले संस्कृतिको रक्षा गरिरहेको तथ्य सबैका सामु छर्लङ्ग छ ।
मन्त्रीले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिने कि लिने ? यो अथवा यस्तैखाले प्रश्न राजनीतिमा यथास्थितिवादीले मात्र उठाउ“छन् । प्रगतिशीलले, अग्रगामीले, जनवादी–धनवादी–मनवादी–तनवादी यस्ता सबैखाले वादी–प्रतिवादीले भने मन्त्रीद्वारा प्रधानमन्त्रीलाई स्पष्टीकरण सोधिएको कुरालाई अग्रगामी पाइला मान्छन् र देश विकासका लागि यसलाई
आवश्यक ठान्छन् ।
मन्त्रीले प्रधानमन्त्रीसग मागेको स्पष्टीकरणका केही प्रमुख बु“दाहरू मात्र म यहा“ चर्चा गर्छु । ती यस प्रकार छन्,
पहिलो बुदा अर्थात् प्रधानमन्त्रीको गालामा मन्त्रीको पहिलो झापु, हामी अहिले मिलीजुली सरकारमा छौ । हामीले सबै काम मिलिजुली नै गर्नुपर्छ । होइन भने मिलिजुली सरकारको के अर्थ ? तपाईंले मलाई स्पष्टीकरण सोध्नुभयो । मैले तपाईंलाई सोधे । यसैगरी हामीले मिलीजुली काम गरे तपाईंले राजीनामा दिनु पर्दैन, म पनि दिन्न । राजीनामा माग्ने मागिरहुन् । उनीहरूको काम हो माग्ने, हाम्रो काम हो मोजमस्तीमा लाग्ने । कि कसो ?
दोस्रो झापु, हाम्रो पार्टीको समर्थन पाएर यो सरकार उभिन सकेको छ । मैले राजीनामा दिएर हट्नुप¥यो भने सदनमा हामी पनि आङ्खनो समर्थन फिर्ता लिनेछौ र तपाईंको सरकारलाई ढाल्दिने छौ । अनि यो सरकारको के गति होला ? सोच्नु भा’छ कि छैन ? सोच्ने काम अचेल प्रचण्डजीको जिम्मा लाउनु भा’छ रे हो ?
प्रधानमन्त्रीको गालामा तेस्रो झापु, कानुनमन्त्रीको भनाइ सही हो भने कुख्यात अपराधीलाई उम्काउन तपाईं उफ्रिराख्नु भा’छ रे ? अपहरण र हत्याजस्ता अपराधका सामु मैले गरेको काम त क्यै पनि होइन । अस्पतालमा मैले केहीबेर गुन्डा–ताण्डव नृत्य प्रस्तुत गरेर त्यहाका कर्मचारी–बिरामी–तिनका कुरुवा सबैलाई स्वास्थ्य, मनोरञ्जन प्रदान गरे“ । पत्रकार पनि त्यहा दर्शक भएर इन्जोए गर्न आएका थिए । मैले नृत्य गर्दा हातखुट्टा सञ्चालन गर्दा कुनैकुनै पत्रकारलाई अलिकति छ्वास्स छोइएको हुन सक्छ । त्यस्ता मामुली कुरालाई धेरै महŒव दिनु हुदैन । त्यस्ता झिनामसिना कुराका बारेमा आङ्खनै सहयोगीसग स्पष्टीकरण माग्दा अलिकति पनि लाज लागेन तपाईंलाई ? बरु अब तपाईंले यो पत्र पाएको २४ घन्टाभित्र मलाई यसबारेमा चित्तबुझ्दो स्पष्टीकरण दिनुप¥यो होइन भने मैले जान्या छ ।
प्रधानमन्त्रीलाई अर्को चर्को झापु, अहिले त सारा मुलुकले तपाईंसग राजीनामा मागिरहेको छ । तपाईंकै पार्टीको विद्रोही पक्ष वा वैद्य पक्षले तपाईंको राजीनामा माग गरेको कटुसत्यलाई नबिर्सनुस् है प्रधानमन्त्री ज्यू । साराले राजीनामा माग्दाचाहि तपाईं राजीनामा नदिने, अनि तपाईंले भन्दैमा मैलेचाहि लुसुक्क राजीनामा दिने ? कुनचाहि“ राजनीतिशास्त्रमा यस्तो लेख्या छ, प्रमज्यू ?
प्रमज्यूको च्यापुमा अर्को झापु, पुष्पकमल पुत्र एन्ड कम्पनीलाई तपाईंले कत्रो उदारतापूर्वक दुई करोडको धनराशि हिमाल दर्शनका लागि छुट्याइदिनुभयो । यसले आन्तरिक पर्यटनलाई ठूलो टेवा दिन्छ भने हजुरको हल्लिन थालेको कुर्सीलाई पनि केही दिन अझै रोकथाम गर्छ नै भन्ने आशा राख्नु त्यति नराम्रो त होइन । पार्टी अध्यक्षलाई रिझाउनका लागि तपाईंले जनताको ढुकुटीको झन्डै सदुपयोग गर्न भ्याउन भा’ थियो क्या बात ?
सानदार ढङ्गले असफल हुनुभएको विद्वान् प्रधानमन्त्रीले कतै त अवश्यै पढ्नु भा’ होला– बा“च र बाच्न दे । आफू पनि बाच्नुस् र अरूलाई पनि बा“च्न दिनुस् । कि कसो ? तपाईंचाहि बाच्न पाउने, हामी चाहि अस्पतालमा गुन्डानृत्य नाच्न नपाउने ?
स्पष्टीकरण दिनुस् ।

प्रतिक्रिया