सेयर कारोबारमा बजार निर्माताको अभाव

काठमाडौ, ८ चैत । टेकु निवासी तारागाउ रिजेन्सी होटलका सेयरधनी श्याम अधिकारीले आफूसग भएको सेयर चाहेर पनि समयमा बिक्री गर्न सकेनन् । महिना दिनभित्र पैसाको जोहो गर्नुपर्ने हु“दा पटकपटक सेयर दलालकोमा धाउदा पनि सेयर बिक्री हुन नसकेको उनले गुनासो गरे ।

महाराजगन्जका हरि केसी वार्षिकरूपमा राम्रो लाभांश दिने युनिलिभर नेपाल लिमिटेडको सेयर खरिद गर्न पटकपटक सेयर दलालकोमा धाए पनि खरिद गर्न पाएनन् । नेपालको सेयर बजारमा दैनिक ८०÷८५ कम्पनीको कारोबार हुनेगरे बजार निर्माताको अभावमा चाहेको सेयर खरिद गर्ने वा बिक्री गर्ने समस्या रहेको सेयर लगानीकर्ताहरूले बताए । नेपाल स्टक एक्सचेन्जमा हाल दुई सय १४ कम्पनी सूचीकृत छन् । बजारमा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ९० प्रतिशतभन्दा बढी छ ।
‘भारतको सेयर बजारमा सानो पु“जीको सेयर निष्कासन गर्दा अनिवार्यरूपमा बजार निर्माता नियुक्त गर्नुपर्ने प्रावधान छ ।’ नेपाल धितोपत्र दलाल सङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भने, ‘बजार निर्माता कम्पनीको सेयर बजारमा उपस्थिति भएको भए बजार स्थिर रहन्थ्यो ।’ बजार निर्माता नियुक्त हदा लगानीकर्ताको आवश्यकताअनुसार सेयर खरिद एवं बिक्रीका लागि उपलब्ध हुने उनले बताए ।
नेपालमा युनाइटेड फाइनान्स र नागरिक लगानी कोषले सेयर बजार निर्माताको काम गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको भए पनि हाल दुवै कम्पनीको अनुमति निष्क्रिय छ । लगानी कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले राष्ट्रिय बचतपत्र र बन्डका लागि बजार निर्माताको अनुमति प्राप्त गरे पनि अब सेयरको पनि बजार निर्माताका रूपमा कार्य गर्न प्रक्रिया अगाडि बढेको बताए ।
बजार निर्माता भनेको सेयर बजारलाई स्थायित्व प्रदान गर्न स्थापित नाफामुखी संस्था हो । ‘बजारमा सेयरको मूल्य अधिक हु“दा आफूस“ग भएको सेयर बिक्री गरेर सेयरको आपूर्ति बढाउने र सेयरको मूल्य कम हु“दा बजारबाट सेयर खरिद गरेर माग सिर्जना गर्ने काम बजार निर्माताले गर्ने गर्दछ । ‘बजार निर्माता संस्थागत लगानीकर्ता जस्तै हो’, नेपाल धितोपत्र बोर्डका निर्देशक नीरज गिरीले भने ।
सेयर बजारमा २÷४ वटा बजार निर्माता कम्पनीहरूको उपस्थिति रहेमा लगानीकर्ताले चाहेको समयमा सेयर खरिद एवं बिक्री गर्ने काम गर्न सक्ने दलाल सङ्घका अध्यक्ष पौडेलले दाबी गरे ।
लगानी कोषका कार्यकारी निर्देशक गौतम पोर्टफोलियो निर्माणका लागि आन्तरिक गृहकार्य गरिरहेको बताउ“छन् । आधारभूत विश्लेषणका आधारमा कुन क्षेत्रको सेयर कति हदसम्म खरिद गर्ने भन्ने नीति बनाएपछि बोर्डमा बजार निर्माताको लागि निवेदन दिइने छ । आगामी दुई महिनासम्म कोषले बजार निर्माताको काम गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया