बजेट पास नै नगरी त्रिविले सक्यो ३ अर्ब

काठमाडौं, ८ चैत । त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षको बजेट पास नै नगरी तीन अर्ब रुपिया“ खर्च गरेको छ । बजेट पास गर्ने त्रिवि सभाको बैठक एक वर्षदेखि बोलाइएकै छैन ।
विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि करिब पाच अर्ब रुपियाको बजेट बनाएको थियो । तर, बजेट पास नगरेरै आधाभन्दा बढी खर्च गरिएको हो । अझ रमाइलो कुरा त त्रिविको रकम खर्च गर्ने आर्थिक महाशाखा र खर्च ठीक भए नभएको अनुगमन गर्ने निरीक्षण महाशाखामा एउटै व्यक्ति प्रमुख छन् ।
त्रिविमा सबै पदाधिकारी नियुक्त रहेका र सामान्य अवस्था हुदा पनि सभा बस्न सकेको छैन । त्रिविको आर्थिक प्रशासनका एक अधिकारीले भने, ‘पहिले त्रिवि सभाले बजेट पास गरेर खर्च गर्नुपर्ने हो तर पास नगरी करिब तीन अर्ब सकिएको छ । पछि सभामा धेरै प्रश्न उठ्ने वा अनुमोदन नहुने हुन सक्छ ।’
आर्थिक प्रशासन प्रमुख राजेन्द्रकुमार श्रेष्ठले पनि पौने पाच अर्बको बजेट बनाइएकोमा अहिलेसम्म करिब तीन अर्ब खर्च भएको स्विकारे । उनले भने, ‘बजेट पास भएको छैन, सबैलाई पेस्कीका रूपमा निकासा गरेका छौ ।’
श्रेष्ठका अनुसार विश्वविद्यालय अनुदान आयोगबाट नियमिततर्फ तीन अर्ब सात करोड र विकासतर्फ साढे २६ करोड रुपिया छुट्याइएको छ । नियमिततर्फ दुई अर्ब र विकासतर्फको आधा रकम त्रिविलाई आइसकेको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप ७४ करोड रुपिया माग गरिएको छ ।
अहिलेसम्म दुईपटक त्रिवि सभा बस्नुपर्नेमा एकपटक पनि बस्न सकेको छैन । असारमा बजेट सेसन र पुसमा प्रगति समीक्षा हुनुपर्ने व्यवस्था छ ।
त्रिविमा पदाधिकारी नहुदा वा विशेष परिस्थितिमा त्रिवि सभा बस्न नसक्दा केही समयअघि शिक्षक–कर्मचारीको तलबका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति दिइएको थियो । तर, अहिले सबै पदाधिकारी हुदासमेत सभा बसेर बजेट पास गर्न सकिएको छैन । त्रिविको कुल बजेटको करिब ९० प्रतिशत रकम सरकारको अनुदान र १० प्रतिशत आन्तरिक आम्दानी हुन्छ । उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले सभा सदस्य धेरै खाली रहेकाले सभा बस्न नसकेको बताए । सभा सदस्य पूरा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

खर्च र अनुगमन गर्ने एउटै व्यक्ति
त्रिविले बजेट खर्च गर्ने र खर्च ठीक बेठीक भएको हेर्ने व्यक्ति एउटै तोकेको छ । दुई काम गर्ने एउटै व्यक्तिलाई जिम्मेवारी दि“दा आर्थिक अनुशासनभित्र नपर्ने भन्दै कर्मचारीले आवाज उठाएका छन् । खर्च दिने र निरीक्षण गर्ने व्यक्ति एउटै हु“दा अनियमितता हुने कर्मचारीको दाबी छ ।
त्रिविले एक महिनादेखि आर्थिक प्रमुख र निरीक्षण प्रमुखको जिम्मेवारी श्रेष्ठलाई दिएको हो । आर्थिक प्रमुख रहेका शान्ताराम कायस्थले अवकाश पाएपछि निरीक्षण प्रमुख रहेका श्रेष्ठलाई नै दुवै जिम्मेवारी प्राप्त भएको छ । श्रेष्ठले भने अर्को व्यवस्था नहुन्जेलका लागि दुवै जिम्मेवारी दिइएको बताए ।

प्रतिक्रिया