थ्रीगर्जेजलाई उर्जाको जवफ

काठमाडौं, ८ चैत । उर्जा मन्त्रालयले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि तयार भएर बस्न चीनको थ्रीगर्जेज कम्पनीलाई जवाफ सहितको पत्र आज पठाएको छ ।

पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि थ्रीगर्जेजसँग भएको उर्जा मन्त्रालयको सहमति त्रुटिपूर्ण रहेको भन्दै संसदको प्राकृतिक स्रोत र साधन समितिले छानविन सुरु गरेपछि थ्रीगर्जेजले त्यस बिषयमा लिखित जवाफ माग गरेको थियो । मन्त्रालयले आज उसलाई पत्र पठाएर काम गर्न तयार भएर बस्न भनेको हो ।

उर्जा मन्त्रालयले थ्रीगर्जेजलाई पश्चिम सेती आयोजना बनाउन तयार रहेको र केही आन्तरिक समस्या भएपनि त्यसको समाधान गरेर वातावरण बनाउने पत्रमा उल्लेख रहेको मन्त्रालयका प्रवक्ता अर्जन कार्कीले जानकारी दिए ।

उर्जा राज्यमन्त्री सूर्यमान दोङले पनि पश्चिम सेती जल विद्युत आयोजना थ्रीगर्जेजलाई नै दिने बताए । उनले प्रकृतिक समितिले सोधेका जवाफ दिएपछि आयोजना निर्माणका लागि बाटो खुल्ने बताए ।

प्राकृतिक समितिले पश्चिम सेती आयोजनाको काम दस दिनका लागि रोक्न निर्देशन दिएपछि थ्रीगर्जेजले बिवादलाई लिएर जिज्ञासा राखेको थियो ।

जलाशययुक्त पश्चिम सेती आयोजना पुरा भएमा ७ सय ५० मेगा वाट विद्युत उत्पादन हुने छ । प्रकृतिक समितिले दस दिन नपुगेपछि पुनः म्याद थप गरेको छ ।

प्रतिक्रिया