राज्यमन्त्रीको दुव्र्यवहार

कुरो आइतबार बेलुकाको हो । दिनभरि खिचेका तस्बिरलाई अर्काइभिङ गरिरहेका बेला मेरो मोबाइलको घन्टी बज्यो । मोबाइलको घन्टी अरू कसैको नभई चिफ रिपोर्टर खगेन्द्र पन्तको थियो । हासेर मोबाइलमा हेलो भन्न नपाउदै ‘ज्ञानेन्द्र तिमी कहा हो ?’ भन्ने आवाज आयो र मैले ‘अफिसमै छु’ भनेपछि ‘तिमी तुरुन्त वीर हस्पिटल पुग त’ भने । मैले किन जाने यतिबेला वीर हस्पिटल भनेर प्रश्न गरे । स्वास्थ्य राज्यमन्त्रीले रक्सी खाएर भाडभैलो गर्दैछ रे भनेपछि म तुरुन्तै मेरो सदाबहार साथी क्यामराको ब्याग भिरेर मोटरसाइकलमा ६० को स्पिडमा हस्पिटलतिर दौडिए ।
सडकपेटीमा बाइक राखेर दौडिदै हस्पिटल परिसरमा पुग्दा कान्तिपुरका फोटो सम्पादक विकास रौनियार पुगिसकेका रहेछन् । मैले विकासलाई मन्त्री कता छन् भनेर जिज्ञासा राखे । उनले मन्त्री अस्पतालको आकस्मिक कक्षमा रहेको बताए । म पुग्नेबित्तिकै खगेन्द्र र सहकर्मी प्रवीण ढकाल पनि अस्पतालमै आइपुगे । सहकर्मी प्रवीणस“गै अस्पतालको आकस्मिक कक्षमा प्रवेश गर्ने प्रयास गर्‍यौ । तर, अस्पतालका सुरक्षागार्डले अवरोध गर्न खोजे । सहकर्मी साथी प्रवीणलाई सुरक्षा गार्डले चिनेकाले उनलाई सहजै छिर्न दिए । उनीस“गै गएका हामीलाई रोक्न खोजे पनि ठेलठाल गरेर भित्र प्रवेश गर्न सफल भयौ“ ।
इमरजेन्सी कक्षमा प्रवेशस“गै भिडमभिडको अवस्था र त्यसमा एक व्यक्ति वरिपरि डाक्टर, नर्स र हस्पिटलका कर्मचारीलाई राखेर ठुल्ठूलो र चर्को आवाजमा अश्लील शब्दहरू बोल्दै गाली गरिरहेका थिए । ती व्यक्तिलाई मैले पहिला चिन्न सकिन“ । पछि सहकर्मी साथी प्रवीणले ‘राज्यमन्त्री सरोज यादव तिनै हुन्, औ“ला ठड्याएर कुरा गरिरहेका छन््, अगाडि गएर फोटो खिच न’ भने । त्यसपछि म मन्त्रीले औ“ला ठड्याएर डाक्टरलाई थर्काइरहेको दृष्य आङ्खनो क्यामरामा कैद गर्न थाले“ । राज्यमन्त्रीले डाक्टरलाई ‘तिमीहरूका हाकिम कता छन् तुरुन्त १५ मिनेटभित्र मेरो सामु ल्या नत्र तिमीहरू सबको जागिर खाइदिन्छु र अस्पतालका सिनियरलाई पनि लात हानेर निकाल्छु’ भनिरहेका थिए । राज्यमन्त्रीजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले औ“ला ठड्याउ“दै र लात उठाउ“दै कर्मचारीलाई गरेको व्यवहारको तस्बिर राम्रो हुने देखेर मैले हतारहतार तस्बिर खिच्दै थिए“ ।
राज्यमन्त्रीले सिधै मतिर झम्टिहाले । राज्यमन्त्रीले ‘ओइ, यी सबैलाई यहा“बाट हटाइहाल्, यिनीहरूको क्यामरा बन्द करो’ भन्दै मलाई हात हाले । तर पनि मैले क्यामरामा तस्बिर खिच्न छाडिन“ । उनले हातले झापड हान्दा मेरो एउटा हातले फोटो खिचिरेहेको थियो । उनी मेरो नजिक आउ“दा रक्सीको गन्ध ह्वास्स आएको थियो । राज्यमन्त्रीले लगातार ममाथि तीनपटक थप्पड बर्साए तर पनि मैले उसको थप्पड रोक्ने र तस्बिर खिच्नेबाहेक कुनै प्रतिकार गरिन“ । उसले ममाथि निरन्तर थप्पड प्रहार गर्दा पनि आङ्खनो पत्रकारिताको धर्म र उसले ग्रहण गरेको कुर्सीको मर्यादालाई ख्यालमा राखेर कुनै प्रतिकार गरिन“ । मन्त्रीको त्यो व्यवहारलगत्तै सहकर्मी साथीहरू र एभिन्युज टेलिभिजनका साथीहरूले मन्त्री भएर पत्रकारमाथि हातपात गर्ने भन्दै आवाज उठाए । अस्पतालका कर्मचारीले पनि विरोध गरे ।
सबैको विरोधपछि राज्यमन्त्री सहकर्मी र सुरक्षाकर्मीको सहयोगमा अस्पतालको पछाडिको गेटबाट भागेछन् । चोर बाटो प्रयोग गर्दै हस्पिटलबाहिर राखिएको झन्डावाल गाडीमा चढेर उनी कुलेलम ठोक्दा अस्पतालका बिरामी कुरुवाले ‘ज“ड्याहा मन्त्री भागे’ भन्दै आवाज निकालिरहेका थिए । मन्त्रीले मलाई हातपात गरेको समय क्यामरामा कैद भएको मेरो तस्बिरले बतायो । जुन घटना २१ बजेर २१ मिनेट २१ सेकेन्डमा भएको थियो । अस्पतालको घटनापछि म कर्मथलो सौर्य दैनिकतर्फ लागे“ । कस्तो कुसाइत र महŒवपूर्ण रहेछ त्यो २१ बजेर २१ मिनेट र २१ सेकेन्डको मेरो क्यामराको क्लिक । जसले एउटा मन्त्रीको कर्तुत आम सर्वसाधारणसामु पर्दाफास गर्न सक्यो । धन्य छ त्यो २१ बजेर २१ मिनेट २१ सेकेन्डको समय । नैतिकता गिरेको, पदीय दायित्व नबुझेको आङ्खनै मुलुकको गरिमामय पदमा रहेको एउटा ज“ड्याहाले मलाई थप्पड हानेकामा म त्यति विचलित भइन“ । बरु ती बज्रस्व“ाठले गरेका कर्तुतको तस्बिर विचलित नभई क्यामरामा कैद गर्न पाएकामा खुसी भए“ ।

प्रतिक्रिया