विसर्जनको अन्तिम किस्ता

अहिले एकीकृत माओवादीका गुटहरूको स्वार्थी गाठो फुस्कन लागेको देखिएको छ । १४ जेठ जतिजति नजिकिदै छ, सत्तालिप्साको महŒवकाङ्क्षी मापदण्डमा निर्भर बनेको एमाओवादी एकताको गाठो खुकुलो बन्दैछ । एमाओवादीभित्र अहिले देखिएको अराजनीतिक साङ्गठनिक क्रियाकलापलाई हेर्दा विगतमा यो पार्टी कुन प्रेरणाको स्रोतमा एकीकृत रहेको थियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न पुग्छ । आवरणबाट मात्र हेर्दा एमाओवादी अहिले पनि संविधानसभाको सबैभन्दा ठूलो दल हो । यो दलस“ग हजारौ“ पूर्णकालीन कार्यकर्ता छन् । हतियारसहित रहेका लडाकुको अस्तित्व अहिलेसम्म पनि कायमै छ । उसले विगतमा उठाएका राजनीतिक मुद्दा अहिलेको राजनीतिको केन्द्रीय बहसमा विद्यमान छन् । तर, पार्टीको आन्तरिक वास्तविकता यसको विपरीत छ ।
वर्तमान एमाओवादी ज्यादै केन्द्रीकृत ढा“चामा निर्माण गरिएको थियो । तर, अहिले त्यसको विपरीत ढाचामा यसको रूपान्तरण हुदैछ । यसको अनुशासनहीन, अनैतिक र मुख्य नेताको अराजनीतिक व्यक्तिवादलाई नियाल्ने हो भने एमाओवादी विघटनको सङ्घारमा पुगेको निष्कर्ष निकाल्न कुनै कठिनाइ छैन । एमाओवादी एउटा अराजक भिडमा रूपान्तरण भइसकेको मात्र होइन, यसको एकीकृत र संस्थागत रूपमा पुनर्गठन अब असम्भव छ । गुटैगुटको एमाओवादी पोको आज उप्रान्त एउटा संयुक्त मोर्चाजत्तिको पनि अनुशासित छैन, किनकि, भिन्नभिन्न दलको संयुक्त मोर्चामा समेत आचारसंहिताको एउटा निश्चित साझा मापदण्ड हुन्छ । तर, एमाओवादीका संयुक्त गुट सत्ताको आर्थिक लाभको एउटै अस्थायी मानकको वरिपरि मात्र एकत्रित भइरहेको देखिन्छ । एमाओवादीको यस्तो दुःखदायी विधान, बिखण्डन र विसर्जनको केन्द्रमा उनीहरूको मुख्य नेतृत्व नै जिम्मेवार छ ।
जनयुद्धकालीन एमाओवादीको साङ्गठनिक ढाचालाई केवल प्राविधिक रूपमा मात्र बहुपदीय प्रणालीले प्रतिस्थापन गरे तापनि व्यावहारिक रूपमा एमाओवादीले व्यक्तिवादी र केन्द्रीकृत नेतृत्वको अभ्यास गर्न छाडेन । प्राधिकारपूर्ण नेतृत्वको अभ्यास गरेर आएको प्रचण्डको नेतृत्व बाहिर विकसित भएको लोकतान्त्रिक चेतना र वस्तुगत परिस्थिति अनुकूल थिएन । लोकतन्त्र केवल साढे चारवटा अक्षरले बनेको कुनै भट्याउने शब्दमात्र होइन । यसले एउटा निश्चित दर्शन, अर्थ, राजनीति र संस्कृति बोकेको छ । तर, प्रचण्ड र बाबुरामको व्यक्तिगत महत्वकाक्षाले माओवाद र लोकतन्त्रलाई एउटै कपडाले बनेको दर्शन, अर्थ, राजनीति तथा संस्कृतिको दौरा सुरुवाल र टोपी लगाइदिएर ‘क्रान्ति’को बाटो हुदै ‘शान्ति’को चौतारीमा नाच्न पाएपछि पार्टीको थर, गोत्र र नामै हराएको हो । वर्तमान एमाओवादीको थर, गोत्र र नामको खोजी गर्दै वैद्य पक्ष सडकमा राको लिएर
हिडेको छ ।
एमाओवादीभित्रको बिखण्डन र विसर्जनको साङ्गठनिक त्रासदीबाट सबैभन्दा बढी आत्तिएका पुष्पकमल दाहालले आफै नै आङ्खनो पार्टीको विसर्जन हुने ठोकुवा गरेका छन् । अझ एक प्रकार विसर्जन भइरहेको बताएका छन् । स्मरण रहोस्, यसभन्दा अगाडिको केन्द्रीय समितिसमक्ष प्रस्तुत उनको टिप्पणीपत्रमा उनले पार्टी मरिरहेको बताएका थिए । यसपटक उनले पार्टी तीव्ररूपमा विघटन र विसर्जन भइरहेको बताएका छन् । तर, कसले ग¥यो माओवादीको विसर्जन ? अनि कसरी भयो माओवादी विघटन ? कथित सर्वहारा वर्गको अग्रदस्ता भनिएको नेकपा (माओवादी) एमाओवादी हुदै खाओवादीमा कसरी, किन र कसले ग¥यो उल्टो रूपान्तरण ? पुष्पकमल दाहालले आङ्खनो आङ आफैले कन्याएर बेस्सरी छारो उडाएका छन् । आफै कन्याएर उडाएको छारो देखाउदै उनले छारो उडाएको दोष भने वैद्यलाई दिन खोजेका छन् ।
मसाल, एकताकेन्द्र, माओवादी र एमाओवादी नामकरणको चौबीस वर्षको अवधिमा पुष्पकमल दाहाल नै पार्टीको मुख्य नेतृत्वमा छन् । एकता केन्द्रको निर्माण र माओवादीको पुनर्निर्माणको २० वर्षे इतिहासमा अहिलेसम्म महाधिवेशनबिना नै उनी अविछिन्न नेतृत्वमा छन् । उनीद्वारा तानिएका केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य तथा स्थायी कमिटी सदस्यले सङ्घीयताको एउटै आधार उनैको चाकरी हो । त्यति मात्र होइन माथिदेखि तलसम्म एउटै संस्कृतिप्रति उत्तरदायित्व भए पुग्ने रूढिवादी साङ्गठनिक संयन्त्रको विकासले माओवादीको अन्तिम परिणाम साङ्गठनिक विघटन नै हुन्थ्यो । जनवादी केन्द्रीयताको औपचारिक मन्त्रोच्चारणले युद्धकालमा एकअर्कालाई भयद्वारा चुप लगाइने त पहिले थियो तर खुला राजनीतिमा आएपछि विधानको औपचारिक जनवादले वैद्य पक्षले कठोर केन्द्रीयताको पक्षधरलाई समेत पार्टीको पद्धतिविरुद्ध ल्यायो । परिणमस्वरूप वैद्य पक्षसमेत पार्टीको कथित अनुशासन, केन्द्रीयता र नेतृत्वको भारी पार्टीमा बिसाएर आङ्खनै पार्टी र सरकारविरुद्ध सडकमा ओर्लियो । वैद्य पक्षको बुझाइमा यही नै सर्वहारा सांस्कृतिक क्रान्ति र उत्तरदायित्वको सही माओवादी प्रयोग हो ।
कुनै पनि राजनीतिक निर्णय संस्थागत नगर्ने क्रान्तिकारी चरित्र पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको साझा चरित्र हो । उनीहरू दुवैका राजनीतिक सल्लाहकारहरू पार्टीभित्र भन्दा बाहिर छन् । त्यसकारण उनीहरूको सही पार्टी सङ्गठन भनेको पार्टीबाहिरका उनीहरू नजिकका शक्ति केन्द्रले दिएको राजनीतिक सल्लाहलाई अनुमोदनको छाप लगाउनु मात्रै हो । बाबुराम तथा दाहालले आङ्खनै गुटका नजिकका व्यक्तिस“ग त कुनै परामर्श र संवाद गर्दैनन् भने पार्टीभित्र संस्थागत छलफल गर्ने त प्रश्नै उठ्दैन । एमाओवादीको विघटन र विसर्जनको मुख्य कारण नै व्यक्तिगत निर्णय गर्ने र व्यक्तिगत तरिकाले नै त्यसको जस लिने व्यक्तिवादको प्रयोग हो । व्यक्तिवादले निर्णय प्रक्रियामा कसैलाई सहभागी बनाइदैन तर सबै भताभुङ्ग पारेपछि दोष सबैको टाउकामा खन्याइदिन्छ । पार्टीको सामूहिकतालाई ध्वस्त पार्दै व्यक्तिवादले आङ्खनो एक्लो क्षमताले नै सङ्गठन निर्माण भएको कम पाइन्छ । एमाओवादीको व्यक्तिवाद पनि अहिले आङ्खनै पङ्क्तिभित्र नराम्रोसग नाङ्गिएर गएको छ ।
एमाओवादीको विवाद र यसको लामो शृङ्खलालाई दृष्टिगत गर्ने हो भने एउटा पक्ष बिल्कुलै स्पष्ट देखिन्छ । त्यो हो– यो विवादको माओवादी हुन उसको विभाजन र विघटनको अन्तिम किस्ता हो । अब यो किस्तापछि एमाओवादीको एकीकृत रूप देखिने छैन । किनकि वस्तुगत अवस्थाको जटिलताले गर्दा एमाओवादीको अन्तरसङ्घर्ष विभाजनको निर्णायक चरणमा प्रवेश गर्न सकेको थिएन । तर, आगामी १४ जेठ नजिकि“दै गर्दा त्यस प्रकारको प्रतिकूल अवस्थाको अन्त्य हुदैछ । संविधानसभाले संविधान जारी गर्ने सम्भावना न्यून छ । यदि गरी नै हाले पनि उक्त संविधान कार्यान्वयन हुने सम्भावना बिल्कुलै छैन । त्यस्तो अवस्थामा एमाओवादीको साङ्गठनिक बिखण्डन अनिवार्य छ । एमाओवादीभित्रको विवादको अन्तिम किस्ताको रूपमा देखिएको वर्तमान वितण्डाको अन्त्य १४ जेठसगै हुनेछ । त्यसैका साङ्गठनिक रिहर्सलमा एमाओवादी व्यस्त छ ।

प्रतिक्रिया