असदको इमेलमा ‘सेक्सी’ फोटो

दमास्कस, ५ चैत । महिनौँदेखि सिरियामा जारी राष्ट्रपति वासर अल असदको शासन–विरोधी आन्दोलनमा हजारौँको मृत्यु भइसकेको छ । असद नागरिक हत्यामा लीप्त भएको भन्दै अमेरिका, युरोपेली महासङ्घ र अरब लिगले उनको चर्को आलोचना गरिरहेका छन् । ‘राज्यको बर्बरता’ बाट प्रदर्शनकारीलाई जोगाउन सिरियामा विदेशी सेनाले हस्तक्षेप गर्नु अपरिहार्य भएको कुरा कतिपय राष्ट्रमा उठ्न थालेको छ । तर, राष्ट्रपति असदको इमेलको इन्बक्समा रहेका सामग्री हेर्दा लाग्छ, यी सबै कुराबाट उनी निश्चिन्त छन् । उनको इन्बक्समा राजनीतिका गम्भीर विषयमा भएका पत्राचार हुनुपर्ने सबैको अपेक्षाविपरीत अर्धनग्न युवतीका फोटा र छिल्लिएका ‘म्यासेज’ले असदको इन्बक्स टनाटन भएको छ ।
सिरियाका विपक्षीले राष्ट्रपति असदको इमेल ‘ह्याक’ गरेपछि उनका गोप्य कुरा छताछुल्ल भएका हुन् । असदको इनबक्समा रहेको एउटा मेलमा ब्रा र पेन्टी मात्रै लगाएकी एउटी युवतीको फाटो पाइएको छ ।  उनको इन्बक्समा कैयौँ छिल्लिएका म्यासेजसमेत पाइएको विपक्षीहरूको दाबी छ । १ डिसेम्बरमा एउटी युवतीले असदलाई इमेलमार्फत प्रेमको अरबी सङ्केत पठाएको पाइएको छ । आफूलाई विद्यार्थी बताउने अर्की एक युवतीले असदलाई आफ्नो तस्बिर पठाउनका साथै ‘डुड’ (लोग्ने मान्छेलाई अनौपचारिक रूपमा बोलाउने तरिका), ‘सो क्युट, आइ मिस यु’ भनेकी छन् । (मिरर)

प्रतिक्रिया