मन्त्री र सचिव जी आचरणमा बस्नुस्ः प्रधानमन्त्री

काठमाडौं, ५ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्री र सचिवहरुलाई आफ्नो आचरणमा बस्न निर्देशन दिएका छन् । उनले पदीय दाईत्व र आचरण भुल्दा सरकारलाई समस्या परेको बताए ।

प्रधानमन्त्री भट्टराईले आज मन्त्रिपरिषदको कार्याकक्ष सिंहदरबारमा मन्त्री, मुख्य सचिव र सचिवहरुको संयुक्त बैठकमा यस्तो निर्देशन दिएका हुन् । मन्त्री र सचिवहरुका बीच बिवाद भईरहेका समाचार सार्बजनिक हुन थालेपछि प्रधानमन्त्रीले सबैलाई बोलाएर ऐन नियममा रहेर काम गर्न निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री भट्टराईले मन्त्री वा सचिवलाई समस्या आए आफ्नो च्यानल मार्फत सम्बन्धित निकायमा आउनुपर्ने निर्देशन दिएका छन् । उनले भने, ‘मन्त्रीलाई समस्या पर्छ भने म हुन आउनुपर्छ, सचिवलाई समस्या पर्छ भने मुख्य सचिवकोमा जानुपर्छ, बाहिर कुरा भन्ने होईन ।’

प्रधानमन्त्री भट्टराईले मन्त्री र सचिवबीचको समस्या तथा अन्य आन्तरिक बिषय सार्वजनिक रुपमा बाहिर जाँदा सरकार बिरुद्ध गलत प्रचार गएको भन्दै आक्रोश पोखेका थिए । उनले मन्त्री र सचिवहरुलाई मन्त्रालयमा देखिएका बिवाद तत्काल अन्त्य गर्न समेत भनेका छ् ।

उनले मन्त्री र सचिवलाई निर्देशन दिदै भने, ‘तपाईहरु आफ्नो आचरणमा बस्नुस, केही समयस्या भए सम्बन्धित बिभागीय प्रमुखलाइ भन्नुस ।’

प्रतिक्रिया