सभासद् बिदेश नजाउः कांग्रेस

काठमाडौं, ५ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जेठ १४ गते भित्र शान्ति प्रक्रिया टुङगो लगाई संविधान निर्माण गर्नु पर्ने भएको भन्दै आफ्ना सभासद्लाई देशबाहिर नजान निर्देशन दिएको छ ।

कांग्रेस मख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आज सूचना जारी गरेर संविधान निर्माणको राष्ट्रिय उत्तरदायित्व पुरा गर्नु पर्ने भएकाले देश बाहिर नजान आफ्ना सभासदलाई आग्रह गरेका हुन् ।

दलका सभासद र नेताहरु धमाधम बिभिन्न गोष्ठी, भ्रमणलगायतमा सहभागी हुन देश बाहिर जाने क्रम बढेपछि उनीहरुको चौतर्फि आलोचना समेत भएको थियो । यस अघि एमालेले आफ्ना सभासद र नेतालाई मुलुक नछाड्न निर्देशन दिईसकेको छ ।

‘संविधान सभाको बैठकहरु जुनसुकै बखत बस्न सक्ने संभावना भएकाले आगामी जेठ १४ सम्म देश बाहिर नजानु हुन निर्देश गरिन्छ ।’ घिमिरेद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया