सरकारलाई राष्ट्रघाती भन्नेहरु अराजक र मुर्ख हुन्

काठमाडौं,४ चैत । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सडकबाट कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा पौडेलले प्रधानमन्त्रीको राजीनामा माग्दै राजीनामा नआउने बताए । उनले आफ्नै एकीकृत माओवादीको वैद्य समूहले सडक आन्दोलनको घोषणा गरेकोमा आक्रोश पोखेका छन् ।
उनले भने, ‘आफ्नै दलको सरकारको राजीनामा माग्नु गैरजिम्मेवारी र अपरिपक्वता हो ।’

उनले पार्टीकै नेताले सरकारलाई राष्ट्रघाती भन्नु अराजकता र मुखर्ता भएको टिप्पणी गरेका छन् । उनले भने, ‘बाबुरामजीलाई पहिलेदेखि नै राष्ट्रघाती भन्नेहरु पार्टीमा थिए, अहिले त्यसैको पुनरावृत्ति भएको छ ।’

कांग्रेस नेता अर्जुन नरसिंह केसीले शान्ति प्रक्रिया टुंग्याउन कांग्रेसले फागुन मसान्तसम्मको समय दिएको बताए । उनले कांग्रेसले दिएको समय भित्र शान्ति प्रक्रिया नटुङगीएका कारण अब प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताए ।

प्रतिक्रिया