प्रधानमन्त्रीलाई जानकारी छैनः मानुषी

काठमाडौं, ४ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमि भट्टराईले क्रिकेट संघको बोर्ड सदस्यमा नबस्ने बताएकी छन् ।

बाबु प्रधानमन्त्री भट्टराई मार्फत राजनीतिक दबाव दिएर संघको सदस्यमा नियुक्ति पाएको समाचार सार्वजनिक भएपछि मानुषीले आज विज्ञप्ती जारी गरेर पदमा नबस्ने बताएकी हुन् । उनले संघको सदस्यमा मलाई राखियोस् भनेर आफूले कुनै निवेदन वा राजनीतिक दबाव नदिएको दाबी गरेकी छन् ।

प्रधानमन्त्री भट्टराई पुत्री मानुषीले क्रिकेट संघमा आफूलाई नियुक्त गरिएको बिषयमा बाबु तथा प्रधानमन्त्री भट्टराईलाई अनवाश्यक बिवादमा तान्ने प्रयास गरेको आरोप लगाएकी छन् । उनले विज्ञप्तीमा भनेकी छन्, ‘यो विषयमा प्रधानमन्त्रीलाई जानकारी छैन ।’

‘प्रधानमन्त्रीपुत्री’ का रुपमा मलाई क्रिकेट संघमा नियुक्ति गरिएको भन्दै एउटा वृत्तबाट भ्रम सृजना गर्न खोजिएको र प्रधानमन्त्री भट्टराईलाई अनावश्यक रुपले विवादमा तान्न खोजिएकाले क्रिकेट संघको सदस्य पदमा नरहने मानुषीले घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री भट्टराईकी पुत्री मानुषीलाई क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्तिका लागि प्रधानमन्त्रीले राजनीतिक दबाव दिएको समाचार सार्वजनिक भएपछि आरोपको खण्डन गर्दै मानुषीले संघको सदस्यमा नबस्ने बताएकी छन् ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा आरोहण (चढ्न)का लागि हिजो मात्रै सरकारले बिवादास्पद निर्णय गर्दै २ करोड दिने निर्णय गरेको थियो । निर्णयको चौतर्फि आलोचना र बिरोध सुरु भईसकेको छ ।

प्रतिक्रिया