चकलेटी क्षितिज

तीनवटा बढी चलचित्रमा अभिनय गरिसके, राज क्षितिजले । तर, अझै आफूलाई नवनायक नै भन्न रुचाउाछन् यी ‘चकलेटी’ ठिटा । यसको अर्थ ग्ल्यामर क्षेत्रको वास्तविक नायक हुन अझै निकै सङ्घर्ष गर्नुपर्ने उनी ठहर्‍याउाछन् ।
रौतहटका राजसाग आकर्षक अनि सुगठित शरीर छ । साइड हान्ने युवती थुप्रै हुन्छन् । तर, उनी त्यतातिर ध्यानै दिादैनन्, क्यारियर कसरी बढाउने भन्ने नै सोचिरहन्छन्, ‘अहिले क्यारिएर बनाउने बेला हो, लप्पनछप्पन गर्ने नै होइन ।’
एक दर्जनजति म्युजिक भिडियोमा अभिनय गरिसकेका राज स्टेज नृत्यमा राम्रै खुबी प्रदर्शन गर्छन् । प्लस टुसम्मको अध्ययन पूरा गरेका राजको मनभरि यतिखेर एउटै लक्ष्य छ- सफल एवं चर्चित नायक बन्ने । यसका लागि दिनरात मिहिनेत गरिरहेका छन् ।
हासिलो अनुहार मिलनसार स्वभाव उनको विशेषता हो । भर्खरै उनले धर्मयुद्धमा नायकको भूमिका निर्वाह गरेका छन् । प्रदर्शनमा आइसकेको छैन, उनको चर्चा भने सुरु भइसकेको छ ।
फुर्सदको समय साथीभाइसाग र पत्रपत्रिका पढेर बिताउन चाहने उनी आफूभन्दा सिनियरलाई इज्जत र जुनियरलाई माया गर्नुपर्ने धारणा राख्छन् । बेलाबखत गीत पनि लेख्छन् यी नवनायक । झुटो कसम तिम्रो बोलको गीत उनैले लेखेका हुन् । तर, लक्ष्यचाहिा स्पष्ट छ- मोडलिङ र चलचित्र क्षेत्रमै जीवन बिताउने ।

प्रतिक्रिया