‘प्रधानमन्त्री र साना दलको छलफल स्थगित’

काठमाडौं, २ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति र संविधानलगायतका बिषयमा साना राजनीतिक दलसँग प्रधानमन्त्री बाबुराम भट्टराईले आज गर्ने भनिएको राजनीतिक परामर्श स्थगित भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले सूचना जारी गरेर बिशेष कारणबस साना दलसँगको छलफल स्थगित गर्नुपरेको जनाएको छ । अब साना दलसँगको छलफल अर्को दिने हुने छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने भनिएको छलफलमा संविधानसभामा प्रतिनिधित्व गर्ने साना दललाई बोलाईएको थियो ।

शान्ति प्रक्रिया र संविधान लेखनमा भएका प्रगति र अन्य बिषयमा साना दलको सहयोगका लागि प्रधानमन्त्री भट्टराईले आग्रह गर्ने कार्यक्रम थियो ।

प्रतिक्रिया