मुस्ताङमा पुनः भारी हिमपात

बागलुङ, ३० फागुन । हिमालपारिको जिल्ला मुस्ताङमा आज फेरी भारी हिमपात भएको छ । मुस्ताङको कोवाङ, लेते, कुञ्जो, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङमा दिउसोदेखि बाक्लो हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्यापले जनाएको छ ।
तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोपेन्थाङ, घमी, चराङ, सुराङ लगायतका गाविसमा सोमबार रातीदेखिनै एक फिटसम्म हिउँ परेको एक्याप मुस्ताङका प्रमुख सन्तोष शेरचनले बताए ।
हिउँ निरन्तर परेपछि जाडो छलेर भर्खर घर फर्केका उपल्लो मुस्ताङ र सदरमुकाम जोमसोम आसपासका बासिन्दाको जनजीवन प्रभावित बनेको छ । बाक्लो हिउँ परे सँगै उक्त क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीय तिलक बिकले बताए । यता  बागलुङ, पर्वत र म्याग्दीमा पनि हावाहुरी सँगै भारी बर्षा भएको छ ।

प्रतिक्रिया