बोर्डका दसबुँदे कार्यक्रम

काठमाडौः चलचित्रको हकहितका लागि भन्दै चलचित्र विकास बोर्डले दसबुादे कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बोर्डमा अध्यक्ष गणेश भण्डारी तथा सदस्यहरूको उपस्थितिमा ती कार्यक्रम सार्वजनिक गरिएका हुन् ।
दसबुादेमा चलचित्र विकास बोर्डको स्वायत्तता, सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव, कतारमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, बोर्डको हलमा सेन्सर, चलचित्र प्रदर्शनमा बिहानीको सो खारेज, बक्सअफिस स्थापना, चलचित्रजन्य वस्तु उत्पादनको नियम, सिनेमा दर्ता गर्न धरौटी, चलचित्र तथा चलचित्रघर वर्गीकरण र निर्माता, प्रदर्शक, वितरक, कलाकार र प्राविधिकको आचारसंहितालगायत छन् ।
चलचित्र विकास बोर्ड विधेयक सञ्चार मन्त्रालयमा प्रक्रियाको अन्तिम चरणमा रहेको र चााडै लागू हुने बोर्डले जनाएको छ ।
त्यस्तै, कार्यक्रमअन्तर्गत चैतमा सुर्खेतमा चलचित्र महोत्सव र १ जुनमा कतारको दोहामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने उल्लेख छ । चलचित्र बोर्डबाहिर गरिादै आएको सेन्सर अब बोर्डकै कार्यालयमा गरिने बताइएको छ । चलचित्रका सिडी र भिसिडी उत्पादन गर्ने कम्पनीले उत्पादन-इजाजत बोर्डबाट लिनुपर्ने, चलचित्र-घरको मापदण्ड र वर्गीकरण प्रतिवेदनलाई अन्तिम रूप दिइने र निर्माता, प्रदर्शक, वितरक, कलाकार एवं प्राविधिकसम्बन्धी आचारसंहिताको संशोधन गरी परिपालनका लागि निर्देशिका जारी गरिने कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया