माओवादीलाई थकाउन र गलाउन संभव छैन

काठमाडौं, २९ फागुन । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको काम केही समयभित्रै सम्पन्न हुने बताएका छन् ।
काठमाडौंको थानकोटमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आगामी जेठ १४ गतेभित्रै शान्ति प्रक्रिया र संविधान निर्माणको काम सम्पन्न हुनेमा कुनै आशङ्का नराख्न आग्रह गरे । उनले जनअपेक्षाअनुसार नै संविधान बन्ने र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने बताए ।
उनले भने, ‘दलहरुबीच सघन छलफल भए पनि निष्कर्ष निकाल्ने बेला खै कुन अदृश्य शक्तिले रोक्छ त्यो पत्ता लगाउन गाह्रो भएको छ ।’
अध्यक्ष दाहालले केही संसद्वादी दलहरु एकीकृत माओवादीलाई थकाएर, गलाएर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको बताए । उनले भने, ‘उनीहरुको त्यो इच्छा पूरा हुँदैन ।’
नेपाली सेनाले ल्याएको प्रस्तावलाई विवादित बनाउने र सेनामा राजनीति गर्न खोज्ने प्रवृत्ति नै शान्ति प्रक्रियाको मुख्य बाधकको रुपमा देखिएको दाहालको भनाई थियो ।

प्रतिक्रिया