काठमाडौः चलचित्र इकु ब्याक अगेनको प्रिमियर गरिएको छ । स्नान नेपाल अनाथालयको सहयोगार्थ आइतबार साझ जयनेपाल सिनेमा भवनमा प्रिमियर गरिएको हो । कलाकार, पत्रकार तथा सर्वसाधारणमाझ प्रिमियर गरिएको सो चलचित्रका निर्माता सुलेमान शङ्कर ‘इकु’ हुन् । अघिल्लो चलचित्र इकुको सिक्वेलका रूपमा उनले यो चलचित्र बनाएका हुन् । यो चलचित्रबाट पत्नी जयालाई पनि डेब्यु गराएका उनले ओस्कारमा मनोनीत क्याराभानका कलाकार थिन्ले लेन्डुप लामालाई पनि नेपाली चलचित्रमा प्रवेश गराएका छन् ।
हास्यकलाकार रवि डङ्गोलचाहिा यसमा खलनायक भूमिकामा छन् । यसबाहेक विष्णु सापकोटा, रविन पोखरेल, वसन्तराज रिजाल आदिले मुख्य भूमिकामा अभिनय गरेको यो चलचित्र आगामी २५ वैशाखदेखि रिलिज हुने जानकारी सुलेमानले दिए । अघिल्लो चलचित्रमा जङ्गलतिरको मात्रै दृश्य समेटेका इकुले यसमा चाहिा सहरी क्षेत्रको भूमिका पनि समावेश गरेका छन् । सागर लामिछानेको निर्देशनमा तयार भएको यो चलचित्रमा विपीन आचार्य र ११:३० ब्यान्डको सङ्गीत तथा पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । -सौस
प्रतिक्रिया