‘डान्स स्कुल डान्स’ हुने

काठमाडौः विद्यार्थीहरूमा रहेको नृत्यप्रतिभालाई उजागर गर्ने उद्देश्यले सिजन मिडिया प्रालिले डान्स स्कुल डान्स प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काडमाडौ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत जुनसुकै उमेरसमूह एवम् कक्षाका विद्यार्थीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले जानकारी गराए ।
बालबालिकाको नृत्यप्रतिभालाई फक्रने अवसर प्रदान गर्न उनीहरूको फुर्सदको समय पारेर प्रतियोगिता सुरु गरिने कार्यक्रम निर्देशक प्रदीपराज वन्तले बताए । स्कुलस्कुलमै पुगेर अडिसन गरी छानिएका बाल नृत्यकारबीच फाइनल स्पर्धा गराउने उनले जानकारी गराए । ‘यसबाट बालबालिकाको आत्मविश्वास, शैक्षिक एवम् व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास हाम्रो छ,’ उनले भने । सेमिफाइनल राउन्डदेखिको भाग टेलिभिजनबाट प्रसारण गरिने बताइएको प्रतियोगिताका उत्कृष्ट तीनले क्रमशः ३०, २०, १० हजार रुपियााका साथै ल्यापटप, मोबाइल र शैक्षिक सामग्री प्राप्त गर्ने आयोजकले बताए ।

प्रतिक्रिया