एक वर्षपछि झिकियो

टोकियो, २८ फागुन । जापानमा महाविनाशकारी सुनामी र भूकम्प आएको आइतबार एक वर्ष पूरा भएको छ । करिब १६ हजारको ज्यान लिनेगरी आएको सो महाविपत्तिले जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा तबाही मच्चाएको थियो । बस, ट्रक, पानीजाहाज आदिलाई समुद्री छालले बगाएर निकै पर पु¥याएको थियो ।
समुद्री छालले बगाएर घरको छतमा पु¥याएको एउटा बस एक वर्षपछि आइतबार झारिएको छ । सुनामीबाट तहसनहस भएका क्षेत्रमा सरसफाइ अझैसम्म जारी थियो । यसै क्रममा आइतबार सो बस झारिएको हो । समुद्री छालले जापानको इसिनोमाकी सहरको एउटा सामुदायिक केन्द्रको छतमा बसलाई पु¥याएको थियो । तर, बसमा कोही सवार थिएनन् । छतबाट बस नझारी यसलाई स्मारक बनाउने योजना यसअघि बनेको थियो तर स्थानीयवासीबाट विरोध भएपछि अन्ततः बस झारिएको हो । (एजेन्सी)

प्रतिक्रिया