‘शिक्षक आन्दोलन ५ दिनलाई फिर्ता’

काठमाडौं, २८ फागुन । शिक्षामन्त्रालय र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच आज भएको बार्ता सहमति नजिक पुगेपछि अनिश्चितकालीन शैक्षिक आमहड्ताल पाँच दिनका लागि फिर्ता भएको छ ।
फागुन २ गते सम्म शिक्षकका माग पुरागर्ने सहमति भएपछि आन्दोलनरत शिक्षकले पाँच दिन सम्मका लागि आन्दोलन फिर्ता लिएका हुन् । शिक्षकले फागुन २ गते सम्म माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । अब सोमबारदेखि बन्द रहेका विद्यालयको पठन पाठन सुचारु हुने छ ।
शिक्षकहरुले अस्थायीलाई स्थायी गर्नुपर्ने लगायतका पेशागत माग राखेर अनिश्चितकालीन शैक्षिक आमहड्तालमा उत्रिएपछि लाखौं विद्यार्थी प्रभावित भएका थिए । शिक्षक आन्दोलनका कारण आजबाट सुरु भएको कक्षा आठको परिक्षा समेत प्रभावित भएको थियो ।
शिक्षकहरुले शैक्षिक आमहड्ताल गरेपछि उनीहरुको चौतर्फि आलोचना समेत भएको थियो ।

प्रतिक्रिया