भारतपनि समूह चरणबाटै बाहिरियो

काठमाडौं, २८ फागुन । एएफसी च्यालेन्ज कप अन्तर्गत फिलिपिन्ससँग पराजित भएपछि भारत समूहचरणबाट बाहिरिएको छ । यस अघि नेपाल बाहिरिसकेको छ ।
दशरथ रङगशालामा आज भएको खेलमा फिलिपिन्सले भारतलाई दुई शुन्यले पराजित गरेको हो । भारत कुनैपनि खेल नजितेर बाहिरिएको छ ।
आजै भएको अर्को खेलमा उत्तर कोरियाले ताजकिस्तानलाई २ शुन्यले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पीयन कोरियाले यस अघि फिलिपिन्सलाई हराएको थियो ।
जितसँगै कोरियाको यात्रा सहज हुँदै गएको छ । कोरियाले ६ अंक पाएको छ भने ताजकिस्तानले ३ अंक मात्रै पाएको छ ।

प्रतिक्रिया