तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं, २८ फागुन । शान्ति प्रक्रिया, संविधान निर्माण र बिभिन्न आयोगहरु बनाउने बिषयमा सहमति खोज्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
सिंहदरबारमा जारी बैठकमा संविाधनका बिवादित बिषयमा सहमति खोज्ने नेताहरुले बताएका छन् । बाँकी रहेका शान्ति प्रक्रियाका काम पनि छिटो गर्ने बिषयमा छलफल हुने  छ ।
त्यसै गरेर शीर्ष बैठकमा बेपत्ता आयोग गठन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन लगायतमा पनि छलफल हुने छ । बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरुको सहभागिता रहको छ ।

प्रतिक्रिया