शैक्षिक हडतालबाट विद्यार्थी मारमा

काठमाडौं, २८ फागुन । नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले आजदेखि पुनः शैक्षिक आमहड्ताल गरेका छन् ।
शिक्षक आन्दोलनका कारण लाखौं विद्यार्थी पठन पाठनबाट बन्चित भएका छन् । शिक्षक आन्दोलनले एसएलसी परिक्षाको तयारीमा समेत प्रभाव पारेको छ ।
अस्थायी शिक्षकको समस्या समाधानलगायतका विषयमा शिक्षा ऐनको संशोधनका लागि पहल गर्ने बिषयमा सरकारले आनाकानी गरेको आरोप लगाउदै शिक्षकहरुले हड्ताल गरेका हुन् । शिक्षकहरुको आमहडतालका कारण मुलुकभरिका शैक्षिक संस्था बन्द रहेका छन् ।
शुक्रबार साँझ शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले निकासका लागि तत्परता नदेखाएको शिक्षकहरुले आरोप लगाएका छन् । शिक्षक आमहड्तालले कक्षा आठको जिल्लास्तरीय परिक्षा समेत प्रभावित भएको छ ।
अनिश्चितकालिन शैक्षिक हड्तालमा सरकारी र निजी क्षेत्रका आधारभूतदेखि उच्चमाविसम्मका विद्यालयमा पठन पाठनका बन्द गरिएको छ ।  सरकार थप गम्भिर नभए एसएलसी परीक्षापनि प्रभावित हुनसक्ने आन्दोलनरत शिक्षकहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया