टेस्ट रोमाञ्चक मोडमा

डुनेडिन, २७ फागुन । न्युजिल्यान्ड र दक्षिण अपि|mकाबीचको पहिलो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । पहिलो इनीङमा ३५ रनले पछि परेको दक्षिण अपि|mकाले दोस्रो इनीङमा पााच विकेट गुमाउादै चार सय ३५ रन जोडेपछि इनीङ समाप्तिको घोषणा गरेको थियो ।
जवाफमा ४ सय १ रनको लक्ष्य पाएको न्युजिल्यान्डले शनिबार चौथो दिनको खेल सकिादा दुई विकेटको नोक्सानीमा २ सय ३७ रन जोडेको छ । न्युजिल्यान्डका लागि जित हात पार्न थप २ सय ६४ रन आवश्यक रहेको छ भने केवल आठ विकेट मात्र सुरक्षित छन् । ब्रेन्डन म्याक्लुम ५८ तथा रोस टेलर ४८ रनमा नटआउट छन् । यी दुईले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरिसकेका छन् ।
रोज निकोल १९ रन बनाउादै इमरान ताहीरको बलमा बोल्ड भए भने मार्टीन गुप्तील ६ रन बनाएपछि भर्नोन फीलान्डरको बलमा आउट भए । यसअघि ३ विकेटमा २ सय ६८ रनबाट खेल्न सुरु गरेको दक्षिण अपि|mकाका ज्याक कालीस अघिल्लो दिनमा ६ रन थप्दै १ सय १३ रनमा आउट भए । यसैगरी एब डि भिलियर्स २९ रनमा आउट भए । ज्याक रुडोल्फ १ सय ५ तथा मार्क बाउचर ३४ रनमा नटआउट रहे । १ सय ८२ बलको सामना गरेका रुडोल्फले १५ चौका र एक छक्का प्रहार गरे । पहिलो ५९ रनका लागि १ सय ४० बलको सामना गरेका रुडोल्फले त्यसपछिको थप ३५ बलमा शतक पूरा गरे ।

प्रतिक्रिया