‘पासपोर्ट हेर्नपट्टि ध्यानै दिइएन’

नैनसिंह ओली,
प्रमुख स्वकीय सचिव लोकेन्द्र विष्ट मगर,
पर्यटन तथा नागरिक उड्डयनमन्त्री

गत साता एकपटक फेरि चर्चामा रहे पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर । जर्मनीमा हुने एक कार्यक्रममा भाग लिन मन्त्री मगरले बिनाभिसा नेपाल छाडेपछि युएइको अबुधाबी विमानस्थलको अध्यागमनको नियन्त्रणमा परे । जसोतसो जर्मनी पुग्न सफल उनी शनिबार सा“झ मात्रै स्वदेश फिरेका छन् । यस प्रकरणमा प्रमुख दोषी भनी इङ्गित भइरहेको छ, मन्त्रीकै स्वकीय सचिवालय । यसै सेरोफेरोमा मन्त्री मगरका प्रमुख स्वकीय सचिव नैनसिंह ओलीस“ग रामहरि पाण्डेको कुराकानीः

मन्त्रीजी पासपोर्टमा भिसा नै नलगाई विदेश उडेको घटनाले ठूलै तरङ्ग ल्यायो नि ?
हो, पर्यटन मन्त्रीले भिसा नलागेको पासपोर्ट बोकेर विदेश उडेको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा भयो जुन, स्वाभाविक पनि हो । तर, जसरी समाचार बाहिर आयो, त्यो गलत थियो । यद्यपि, त्यसले हामी सबैलाई सचेत बनाएको छ । र, राम्रो पाठ पनि सिकाएको छ ।
साचो कुराचाहि के हो त ?
अबुधाबीमा मन्त्री थुनिए भन्ने  सही होइन । त्यहाँबाट मन्त्री अगाडि जान नपाएका मात्रै हुन् ।
मन्त्रीजीको पासपोर्टमा भिसा लागेको छ छैन भन्ने कुरा त तपाईंको नेतृत्वमा रहेको स्वकीय सचिवालयले हेर्नुपर्ने होइन ? तपाईंहरूको पनि लापरबाही देखियो नि ?
यस घटनामा मन्त्रीको सचिवालयका कर्मचारीको मात्रै दोष छ भनेर केही मिडियाले भने । तर, यहाँ कुनै एक व्यक्ति मात्रै होइन, सिङ्गो स्वकीय सचिवालय, मन्त्रालयका कर्मचारीदेखि सचिवसम्म दोषी छन् । जर्मनीमा हुने कार्यक्रममा मन्त्री सहभागी हुने कुरा एक महिनाअघि नै जानकारी थियो । त्यसको तयारीमा मन्त्रालयका सचिव, उपसचिव लगायत सम्बन्धित सबै लागेका थिए ।
कार्यक्रममा समावेश गरिने विषयवस्तु तयार गर्न तथा भिसाको प्रबन्ध गर्न मन्त्रीज्यूले आफ्नो पासपोर्ट सचिवज्यूलाई दिनुभएको थियो । सचिवज्यूले पासपोर्ट मन्त्रीज्यूका निजी सचिव पदम बजगार्इंलाई दिनुभएछ । बजगाईंले आफू भारत जाने कार्यक्रम परेको भन्दै सचिवज्यूलाई नै  फिर्ता दिनुभएछ । त्यसपछि सचिवज्यूले आफ्नो पिए टीका कुँवरलाई अर्‍हाउनुभएछ । कुँवरले परराष्ट्रबाट भिसा नोट ल्याएर स्वकीय सचिवालयका कर्मचारी टेकबहादुर बाठा मगरलाई ‘भिसाको काम भयो’ भन्दै बुझाएछन् । मलाई पनि त्यसै भनियो । ‘अब मन्त्राणीज्यूको पासपोर्टमा भिसा लगाउने काम मात्र बाँकी छ’ भनियो । मन्त्रीज्यूको भिसाको काम सकियो भनिएकाले पासपोर्ट हेर्नपट्टि ध्यानै दिइएन ।
मन्त्रीजीको पासपोर्ट सचिवलाई तपाईंले दिनुभएको कि मन्त्रीजी आफै“ले ?
मन्त्रीज्यू आफैंले दिनुभएको हो ।
मन्त्री पत्नीको पासपोर्टमा चाहि कसरी भिसा लाग्यो नि ?
सचिवालयका साथीहरूले ‘मन्त्राणीको पासपोर्टमा भिसा लागेको छैन’ भनेपछि म आफैँ जर्मन दूतावासमा उहाँको पासपोर्ट लगेर गएको थिएँ । उहाँको पासपोर्ट लैजाँदा दूतावासको नाममा परराष्ट्रले लेखेको पत्र (मन्त्रीको भिसा नोट) पनि लगेको थिएँ । त्यसबारे दूतावासका कर्मचारीले पनि केही भनेनन् । उनीहरूले मन्त्राणीज्यूको भिसाका लागि आवश्यक कागजात मात्रै मागे । तीन दिनमा भिसा लगाएर उहाँको पासपोर्ट आयो । मन्त्रीज्यूका लागि परराष्ट्रले लेखेको भिसा नोटबारे दूतावासका कर्मचारीले केही भनिदिएका भए पनि यो समस्या आउने थिएन ।
तर, दूतावासले त मन्त्रीजीस“ग सम्बन्धित कुनै कागजपत्र नआएको जानकारी दिएको थियो, होइन र ?
होइन, मैले परराष्ट्रबाट प्राप्त भिसा नोट बुझाएको थिएँ । पासपोर्टचाहिँ बुझाएको थिइन ।
मन्त्रीको पासपोर्टमा भिसा नै नलागेको कुरा कतिखेर थाहा पाउनुभयो ?
अबुधाबी विमानस्थलको ट्रान्जिटमा पुगेर मन्त्रीजी रोकिएपछि मात्रै थाहा भयो । मन्त्रालयका सचिवज्यूले जानकारी गराएका थिए ।
यसमा तपाईंहरूको निकै ठूलो कमजोरी देखियो नि त ?
एकजनाको मात्र कमजोरी छैन । मैले माथि पनि भनँे नि, सबैभन्दा पहिले सचिवज्यूबाट भिसासम्बन्धी काम भयो भनेर स्वकीय सचिवालयमा बुझाइयो । त्यहींँबाटै कमजोरीको सुरुआत भएको हो । सचिवालयमा पासपोर्ट बुझाउँदा ‘आधा काम भयो, आधा बाँकी छ’ मात्रै भनिदिएको भए यो समस्या आउने थिएन । त्यसपछि सचिवालयका साथीहरूले पनि मलाई हेरेर दिनुपर्ने हो, नहेरी दिए । स्वकीय सचिवालय प्रमुखका नाताले मैले हेर्नुपर्ने हो, कर्मचारीहरूको विश्वासमा परँ र हेरिनँ । त्यहाँ मेरो पनि कमजोरी रह्यो । त्यसपछि त्रिभुवन विमानस्थलको अध्यागमनमा हेरिनुपर्ने हो, त्यहाँ पनि हेरिएनछ । साइकलको चेन जसरी सबैतिरबाट कमजोरी भएको देखिन्छ ।
मन्त्रीजीले भिसा लागे नलागेको सोधखोज नै गर्नुभएन ?
उहाँ पनि पासपोर्टमा भिसा लागेको छ भन्ने विश्वासमा पर्नुभयो । फेरि उहाँ अस्वस्थ पनि हुनुहुन्थ्यो । त्यसैले धेरै ध्यान दिनुभएन । फेरि उहाँ पहिलो पटक विदेश जान लाग्नुभएको थिएन । अरुबेला पनि पासपोर्टमा भिसा लगाउने काम अरुबाट भइसकेको हुन्थ्यो ।
मन्त्रीजी, यसअघि मुलुकबाहिर जादा पासपोर्टमा भिसा लगाउने काम कसले गथ्र्यो नि ?
पछिल्लो पटक मन्त्री भएपछि उहाँ एक पटक मलेसिया जानुभएको थियो । त्यतिबेला मन्त्रालयका सचिवज्यूहरूबाटै सबै काम भएको थियो । यसपटक किन अधुरो काम गर्नुभयो थाहा भएन । मन्त्रीज्यूलाई असफल पार्न कर्मचारीहरूबाटै रचिएको कुनै खेल पनि हुनसक्छ ।
यसको अर्थ, मन्त्रालयका सचिव र अन्य कर्मचारी मात्रै दोषी छन् ?
यसमा मेरो पनि केहीकमजोरी  छन् । तर, मभन्दा माथि पनि भिसा लागे  नलागेको हेर्ने निकाय छ । सचिवले हेर्न सक्नुहुन्थ्यो, यसअघि पासपोर्टमा भिसा लगाउने काम स्वयं सचिवजीले हेर्ने गर्नुहुन्थ्यो । तसर्थ यस विषयमा हामीभन्दा पनि मन्त्रालयका कर्मचारीहरू बढी जिम्मेवार हुनुपर्ने हो ।
यस विषयमा छानबिन गर्न गठित समितिले त प्रारम्भिक छानबिनमा स्वकीय सचिवालयका कर्मचारी दोषी देखिएका छन् भनेको छ नि ?
राम्ररी जाँच गर्नुपथ्र्यो, त्यसमा हाम्रो कमजोरी रह्यो । तर, मैले भनेँ नि, सबै दोष हाम्रो मात्रै होइन । हामीले मन्त्रीज्यूलाई राजनीतिक सपोर्ट मात्रै गर्ने हो । सबै दोषको भागिदार हामीलाई बनाएर मन्त्रालयका उच्चपदस्थ कर्मचारी पन्छिन मिल्दैन । यो घटनामा सचिवको पनि संलग्नता छ । तर, उहाँ स्वयं छानबिन समितिमा हुनुहुन्छ, के भन्ने ?
मन्त्रीजीका लागि प्लेन टिकटचाहि कसले काटेको हो नि ?
टिकटका लागि म र अर्को एकजना साथी एयरलाइन्सको काउन्टरमै गएका थियौंँ । त्यहाँ हामीले मन्त्राणीज्यूको पासपोर्टको कपी दियौंँ । तर, मन्त्रीज्यूको पासपोर्ट नबोकेकाले टिकट काट्दा बुझाएका थिएनौंँ । एयरलाइन्सले पनि विश्वासका आधारमा टिकट दियो । हामीले त्यही बोकेर आयौंँ ।
भिसा घटनाबारे मन्त्रीजीसित केही कुरा भएको छ कि छैन ?
एक पटक फोन गर्नुभएको थियो । उहाँले कसरी यस्तो भयो भनेर सोध्नुभयो, मैले घटनाको सामान्य जानकारी गराएँ ।  उहाँले ‘अब के गर्ने त ?’ भन्नुभयो, हामीले ‘यताबाट केही पहल गर्छौँ’ भन्याँैं । विभिन्न पहल पनि गरियो । उहाँ उतै(जर्मनी) जानुभयो, त्यसपछि फोनमा कुरा भएको छैन । अब, भेटेर हुन्छ ।

प्रतिक्रिया