म थुनिएको होइनः मन्त्री विष्ट

काठमाडौं, २७ फागुन । पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्टमगरले भिसा प्रकणमा आफू समाचारमा आएजस्तो अबुधाबी विमानस्थलको अध्यागनमा थुनामा नरहेको दाबी गरेका छन् ।

जर्मनीबाट आज स्वदेश फिर्ता भएका मन्त्री विष्टले अबुधाबीमा राम्रोसँग अध्यागमनले बसालेको बताए । भित्रुवन विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘मलाई थुनामा राखेको भन्ने समाचार गलत हो ।’ मन्त्री जस्तो उच्च ओहदामा बसेको व्यक्तिले भिसा बिनै विदेश यात्रा गरेर मुलुकको बेईज्जती गरेको भन्दै विष्टको आलोचना समेत भएको थियो ।

पासपोर्टमा भिसा नलागाएकोमा गल्ति स्वीकारेका मन्त्री विष्टले यस बिषयमा छानविन गर्न समिति गठन भएकाले त्यसको प्रतिवेदन नआउदासम्म टिप्पणी गर्नु उचित नहुने बताए ।

भिसा नलगाएर रातो पासपोर्ट र ट्राभल डकुमेण्ट मात्रै बोकेर जर्मन उडेका मन्त्री विष्टलाई झण्डै ३६ घण्टा अबुधाबीको अध्यागमनले नियन्त्रणमा राखेको थियो । कुटनीतिक पहल पछि जर्मन सरकारले आफ्नो मुलुकमा प्रवेशका लागि भिसा दिएपछि उनी त्यस तर्फ जान पाएका थिए ।

‘गल्ती भएको छ’, मन्त्री विष्टले भने, ‘छानविनकै क्रममा रहेकाले अहिले बोल्नु उचित हुँदैन । उनले भने, ‘अबुधाबीमा म लाई थुनामा राखेको पनि होइन ।’ मन्त्री विष्टकी श्रीमतीले भने सर्वसाधारणले लिने गरेको हरियो पासपोर्ट लिएकी थिईन । उनको पासपोर्टमा भने कुनै समस्या थिएन ।

प्रतिक्रिया