सडक बिस्तारमा अवरोध गर्ने नेता पक्राउ

काठमाडौं, २७ फागुन । राजधानीका सडक विस्तार गर्ने क्रममा अबरोधमा उत्रिएका कांग्रेसका केन्द्रीय नेता सहित केही प्रदर्शनकारीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका नेतालाई प्रहरीले रिहाई गरेपनि नेताहरु बाहिर निस्कन मानेका छैनन् । स्रोतका अनुसार उनीहरुले आफूहरुलाई पक्राउ गर्नुको कारण बारेमा जानकारी माग गरेका छन् । सिंहदरबार प्रहरी प्रभागमा रहेका उनीहरुले सडक विस्तारका क्रममा क्षति भएको घर जग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेका छन् । यसै बिषयमा बार्ता समेत चलिरहेको स्रोतको भनाई छ ।
प्रहरीले काठमाडौंको गैरिधारा क्षेत्रमा काठमाडौं नगर विकास समितिले थालेको सडक विस्तारको काममा अवरोध गर्न खोज्ने कांग्रेस केन्द्रीय सदस्य नरहरि आर्चाय र बलवहादुर केसी सहित करिव १० जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सिंहदरबार प्रहरी प्रभागमा राखिएको महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता रविराज श्रेष्ठले जानकारी दिए ।
कांग्रेस नेताहरुले सडक विस्तारका क्रममा पीडितलाई उचित क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्नुपर्ने माग राख्दै आएका छन् ।
सरकारले राजधानीको ट्राफिक व्यवस्था सुदृढ बनाउन केही महिना यता सडक विस्तारको अभियान थालेको छ । अभियानका क्रममा गैरिधारा क्षेत्रमा कांग्रेस नेताहरुले अबरोध श्रृजना गरेका थिए ।

प्रतिक्रिया