घरेलु टिम प्यालेष्टाईनसँग २ शुन्यले पराजित

काठमाडौं, २५ फागुन । एएफसी च्यालेन्जक कप अन्तर्गत दशरथ रङगशालामा आज भएको खेलमा घरेलु टिमलाई २ शुन्यले पछि पार्दै प्यालेष्टाईनले जित हासिल गरेको छ ।
खेलको चौथो र ६५ औं मिनटमा प्यालेष्टाईनका अला अतेहले २ गोल गरेर आफ्नो टिमलाई जिताएका हुन् । अन्त्यन्तै दबावमा परेको नेपालले गोल हान्ने मौका पाएपनि समयलाई सदुपयोग गर्न भने सकेन । दोस्रो हाफमा नेपालका खेलाडीले पहेलो कार्ड समेत पाएका थिए ।
घरेलु टिमका पक्षमा समर्थले हौसला बनाई राखेपनि नेपालले सान्त्वना गोल समेत फर्काउन सकेन । नेपालले दोस्रो गोल खाएपछि समर्थकमा उत्साह समेत कम भएको थियो ।
नेपालका तर्फबाट मैदानमा सागर थापाको कप्तानीमा गोलकिपर किरण लिम्बु, डिफेन्डर रविन श्रेष्ठ, विराज महर्जन, रोहीत चन्द, सन्दीप राई उत्रिएका छन् । मिडफिल्डमा निराजन खड्का, राजु तामाङ, फरवर्डमा अनिल गुरुङ, जुमानु राई, भरत खवास रहेका थिए ।

प्रतिक्रिया