‘सहमतीय सरकार बनाउन माओवादी प्रस्ताव’

काठमाडौं, २५ फागुन । एकीकृत माओवादीले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पुनः प्रस्ताव गरेको छ । यद्यपी माओवादी प्रस्तावमा कांग्रेसले खासै चासो देखाएको छैन ।

कोइराला निवास महाराजगञ्जमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालावीच भएको भेटमा सात बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने बिषयमा परामर्श भएको स्रोतले जनाएको छ । अध्यक्ष दाहालले सहमतिको सरकार बनाउन प्रस्ताव राखेपनि सभापति कोइरालाले खासै रुचि नदेखाएको स्रोतको भनाई छ ।

कोइरालाले अहिले सरकार बनाउने गिराउने भन्दापनि सात बुँदेको आधारमा शान्ति प्रक्रिया टुङगाउनु प्रमुख दायित्व रहेको बताएका थिए ।

जवाफमा अध्यक्ष दाहालले आफू सात बुँदे सहमति कार्यान्वयनमा प्रतिवद्ध रहेको भन्दै शान्ति प्रक्रिया निष्कर्षमा पुराउने बताएका छन् ।

त्यसै गरेर उनीहरुका बीच शान्ति प्रक्रिया र संविधानका साथै तीन दलको शीर्ष बैठकमा बाँडफाँड भएका जिम्मेवारी टुङगाउने बिषयमा परामर्श भएको सभापति कोइरालाका सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।

यस अघि शीर्ष नेताहरुका बीच शान्ति प्रक्रिया र सेना समायोजन माओवादीलाई, आयोग गठनहरु कांग्रेस तथा संविधानका बिवादित बिषय एमलेलाई सहमतिको प्रस्ताव बनाउने जिम्मेवारी बाँडफाँड भएको थियो ।

प्रतिक्रिया