चलचित्रको प्रचार

यसपालिको होलीलाई चलचित्रकर्मीले चलचित्रको प्रचार गर्ने माध्यम पनि बनाएको देखियो । नया बानेश्वरमा आयोजित कार्यक्रममा स्टेज पाउनासाथ कलाकारहरूबीच आआˆना चलचित्रको प्रचार गर्ने होडबाजी नै देखिएको थियो । नायिका झरना थापा तथा निर्माता सुनीलकुमार थापाको दम्पती आˆनो आगामी चलचित्र फेसबुकको प्रचार गरेका थिए भने नायिका ऋचा घिमिरेले आˆनो चलचित्र तुलसी प्रदर्शनको तयारीमा रहेको सुनाइन् । यस मामिलामा निर्देशक दीपक श्रेष्ठ पनि अगाडि देखिए । उनले प्रदर्शनमा रहेको मजबुर हेर्न आग्रह गरे । दर्शकले होलीको कार्यक्रममा पनि फिल्मको प्रचार गरेको भन्दै आवाज ठूलो पार्न थालेपछि दीपकले सकिनसकी गीत पनि गाउने प्रयास गरेका थिए । गायक दीपक लिम्बू पनि मजबुरकै टिसर्ट लगाएर स्टेजमा उत्रिएका थिए । उनले स्पष्टीकरण दिए, ‘दीपक दाइले नै टिसर्ट लगाउन कर गर्नुभएको हो ।’

प्रतिक्रिया