मिलान क्वार्टरफाइनलमा

लन्डन, २४ फागुन । एसी मिलान र बेनेफिका युरापेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पहिलो हाफमा तीन गोल गरे पनि इङ्लिस क्लब आर्सनल युरापेली च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गर्न असफल भयो । मङ्गलबार राति लन्डनमा भएको दोस्रो लेगमा ३-० को जित हात पारेको आर्सनल ४-३ को एगि्रगेट स्कोरमा बाहिरिएको हो ।
यसैगरी जेनिथ सेन्ट पिटरर्सर्गमाथि २-० को जित हात पार्दै बेनेफिका ४-३ को एगि्रगेट स्कोरमा बेनफिकाका अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । यसअघि सानसिरोमा भएको पहिलो लेगमा मिलान ४-० ले विजयी भएको थियो । पहिलो लेगको पराजयपछि आर्सनलका प्रशिक्षक आर्सन वेंगरले आˆनो टोलीको दोस्रोचरण प्रवेश गर्ने सम्भावना पााच प्रतिशत मात्र रहेको बताउादै आएका थिए ।
लरें कोसेस्ली र टोमास रोसेस्कीले गरेको गोलमा कप्तान रोबीन भर्सीले पेनाल्टीमार्फत गोल गरेपछि आर्सनलले अप्रत्यासित जितसहित पहिलोचरण पार गर्ने सम्भावना देखिएको थियो । पहिलो हाफको समाप्तिपछि सन् २००४ मा डिपोर्टिभो लाकुरुनासाग त्यसैगरी पराजित भएको क्षण विर्सन नसकेका सातपटकको च्याम्पियन मिलानका समर्थकको मुटुको ढुकढुकी बढेको थियो । दोस्रो हाफमा भने इटालीयन क्लब मिलान सम्हालिएको थियो ।
दोस्रो हाफको सुरुआतमै आर्सनलले अर्को मौका पाए पनि भान पर्सीले उक्त मौका गुमाएका थिए । मिलानका ग्लाटन इब्राहामोभबक र एन्टेनियो नासेरिनोले पनि केही सहज मौका गुमाएका थिए । केभिन पि्रन्स बोएटाङ र क्लेरेन्स सिडोर्फ घाइते भएपछि मिलानले मिडफिल्डमा एमानुएल्सन र स्टेफन अल स्वारीलाई खेलाएको थियो ।
उता, बेनेफिकालाई जित दिलाउने क्रममा म्याक्सी परेरा र निकोलाई ओलीभिएराले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा परेराले एक्सेल विटसेलको ब्याकहिल पासलाई उपयोग गर्दै परेराले एगि्रगेट स्कोर बराबर गरेका हुन् । दोस्रो हाफको इन्जुरी समयमा ओलीभिएराले गोल गरे । ओलीभिएराको उक्त गोल प्रतियोगिताकै पहिलो गोल पनि हो ।
सन् १९६१ र ६२ को युरोपेली विजेता बेनेफिका पछिल्लो २० घरेलु खेलमा एकपटक मात्र पराजित भएको छ । पहिलोचरण पार गर्ने क्रममा बेनेफिकाले समूहमा पहिलो स्थान हात पारेको थियो । बेनेफिका रहेको समूहमा म्यानचेस्टर युनाइटेड पनि रहेको थियो ।
पछिल्ला केही दिन भने बेनेफिकाका लागि राम्रो हुन सकेका थिएनन् । पछिका चार खेलमा जित हात पार्न नसकेको बेनेफिकाले घरेलु लिगको उपाधि पनि एफसी पोर्टोलाई गुमाइसकेको थियो ।
पहिलो लेगमा दुई गोल गरेका रोमन सिरिकोभले दोस्रो लेगमा पनि गोलको अवसर पाएका थिए । उनले गुमाएको त्यो मौका नै दोस्रो लेगमा भ्रमणकारी टोली जेनिथसेन्ट पिटर्सबर्गले पाएको एक मात्र मौका थियो । दोस्रो हाफमै भ्लादिमिर बिस्टिमोभ र डान्कोलाजोभिकले गोलको मौका नगुमाएको भए पोर्तुगिज क्लब बेनेफिकाको यात्रा दोस्रो चरणमा मात्र सीमित रहन सक्थ्यो ।

प्रतिक्रिया